कात्तिक १७ देखि मंसिर १सम्म निर्वाचन प्रचार प्रसार गर्न सकिने

जुम्ला ः मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको जुम्लाका मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमले बताए । उनका अनुसार निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने व्यवस्था रहेको उनले बताए ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को पुर्ण रुपमा ककार्यान्वयन अनुरोध गरे ।आचारसंहिताको प्रभावकारी कार्यन्वयन भएको खण्डमा निर्वाच भयरहित तरिकाले सम्पन्न हुन्छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहस मेत गर्दै आएको बताए ।उनका अनुसार आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ ।
उनले भने दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा दलको झण्डा प्रयोग गर्न सकिने, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधानहरू आचारसंहितामा रहेको व्यहोरासमेत सर्वदलिय बैठकमा जानकारी गराएका छन । जिल्ला प्रशानले आवान गरेको सर्वदलिय बैठकमा पाटीका आमसभा जुम्लाको राजासिममा मात्रै गर्न पाइने निणर्य गरिएको छ । तर पाटीको प्रतिनिधिहरुले कोषसभा जुम्लाबाजारको कृष्ण मन्दिर बाहेक अरुठाउमा गर्न पाउनु पर्ने बताएका छन ।








