कर्णालीमा ठूला दलको एक्लो महिला उम्मेदवार : गोमा गौतम कुँवर

जुम्ला । संविधन २०७२ का हस्ताक्षरकर्ता मध्यका दुई जना अहिले जुम्लाबाट उम्मेदवार वन्ने अवसर पाएका छन् । गठवन्धनका साझा उम्मेदवार प्रतिनिधिसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुँवर र नेपाली कांग्रेसका ललितजंग शाही प्रदेशसभा सांसदमा उम्मेदवार बनेका हुन् ।

संसदमा माओवादीले संविधान बनाउने बेलामा जु्म्ली महिला नेता मध्यका एक कुँवरलाई सांसद बनायो । पछिल्लो परिवर्तनको सवैभन्दा ठूलो दस्तावेज संविधान बनाउनने आफ्नो कर्तब्य पुरा गरेको त्यो दिन अहिले पनि कुँवरलाई झल्झल्ती याद आउछ ।

दोस्रो संविधानसभाबाट संविधान घोषणा भएको दिन २०७२ साल असोज ३ गते सांसद कुँवरलाईमात्र होइन नेपाली जनतालाइ नै ऐतिहासिक र उत्सव भयो ।

तर अहिले आफु मैदानमा उम्मेदवार बन्ने अवसर हुदा जनताले संविधान बनाउनन पठाएर काम गरि फर्किएको त्यो क्षणले वा संविधान २०७२ ले अहिले संघीयता कार्यान्वयनको दिशातिर लागेको बताईन ।

गणतन्त्र, संघीयता, समानुपातिक, जनताको सवैभन्दा बलियो मानिने स्थानीय सरकार नागरिकको संविधानको उपहार भएको उनी ठान्छिन ।

उनले भनिन, ‘ संसदले संविधान प्रमाणित गर्ने त्यो दिन नयाँ वानेश्वर मात्रै नभई देशभर नै खुशी छाएको थियो । त्यो अवसर दिने नेपाली जनतालाई धन्यवाद छ । लामो समय नेपाली जनातको सहभागितामा वनेको संविधानको प्रमाणिकरण गर्ने दिनको बिषयमा म एकछिन संसद भवनको दृश्य सम्झिन्छु । भवन बाहिरको दृश्य र भित्रको अनि देशभर जनताको उत्साह !’

संसदमा हामी संविधानका हस्ताक्षरकर्ता अर्थात पक्षधर र संविधान नमान्ने राप्रपा जस्ता पार्टीहरु त्यही थियौ ।

जव हलले अत्याधिक बहुमतले गणगणावत तालि बजाएर संविधानको अनुमोदन पछि आफुलाई यूद्ध लडेको, र यूद्धमा माओवादीले वोलेको वाचा, खुशीको एक सपना पुरा भएको महशुस भएको उनको भनाइछ ।

फेरी यस पटक आफुलाई प्रत्यक्षमा गठवन्धनको साझा उम्मेदवार बनाउन पार्टीले मैदानमा पठाएकोले जनताले अवसर दिनेमा आफू ढुक्क रहेको बताइन । उनले भनिन्, ‘संविधान र संघीयताको कार्यान्वयनको विशेष भूमिका खेल्ने, जुम्लाको समृद्धि र विकासमा नेतृत्वदायी भूमिका खेल्ने उहाँले प्रतिवद्धता गर्दै आउनु भएको छ । महिलाको प्रतिनिध्वि अझ निकै अवसरको बिषय बन्ने छ ।’

कर्णालीमा ठूला दलको एक्लो महिला उम्मेदवार

माओवादीले पछिल्लो परिवर्तनमा सबैभन्दा बढि अपनत्व लिने गर्दछ । गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षता लगायतका एजेण्डा माओवादीको जनयूद्धको बलमा आएको कुवँर बताउछिन् ।

पछिल्लो समय राजनितिक सहभागितामा अथवा प्रत्यक्ष निर्वाचनमा लडाउने कुरामा भने पुरुष भन्दा महिला तुलनात्मक रुपमा कम देखिन्छन् । ठूला दलको तर्फबाट माओवादीका कुँवरले जुम्लाबाट उम्मेदवारी दिएकी छन ।

उम्मेदवारहरु अहिले चुनावी मैदानमा उत्रिएका छन् । जुम्लाकी कुँवरपनि प्रचारप्रसारमा छिन् ।
कर्णालीमा सत्ता गठबन्धनले उम्मेदवारीमा प्रतिनिधिसभाको उम्मेदवारमा जुम्लाबाट कुँवर एक्लो महिला उम्मेदवार हुन् । जुम्लाबाट माओवादीका प्रभावशाली नेता नरेश भण्डारी तथा मनऋषि धिताल समेतलाई पछि पार्दै पार्टीले कुँवरलाई उम्मेदवार बनाएको छ ।

कुँवर माओवादीको तर्फबाट मात्रै नभई सिंगो गठवन्धनको तर्फबाट जुम्लाबाट प्रतिनिधि सभाको उम्मेदवार बनेकि छिन् । उसोत नेकपा माओवादी केन्द्रले देशभरी उम्मेदवार बनाएका १० महिला मध्य उनी एक जना हुन् ।

जबकी संसदीय ईतिहासमा बि.सं २०६४ सालमा सत्या पहाडी र कुँवर प्रत्यक्ष निर्वाचित भएकी थिइन ।

जनयुद्धमा यात्रा 

नेकपा(माओवादी)को नेतृत्वमा सशस्त्र युद्ध चर्किंदै थियो । युद्धको प्रभाव सुरुदेखि नै कर्णालीका जिल्लाहरूमा बढी थियो । जुम्ला पनि त्यसमध्ये एक हो । जुम्लाको तातोपानीमा जन्मिएकी कुँवर त्यसको प्रभावबाट पर रहन सकिनन् । कक्षा ७ मा पढ्दै गर्दा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भइन् । त्यतिबेला विद्यार्थीहरू पनि संगठित हुनुपर्छ, आफ्ना आवाजहरू उठाउनुपर्छ र समान हिसाबले सुविधा पाउनुपर्छ भनेर विद्यार्थी संगठनमा लागेको कुँवर बताउछिन ।

कुँवर विद्यार्थी संगठनका साथै वाइसिएलको एरिया कमिटीको सचिव भइन् । ‘यो अन्यायको विरुद्ध हो । जहाँ शोषक, समान्तहरूले हामीलाई हेपचेप गरेका छन् । हामीहरू यसको विरुद्ध लागेका छौँ भनेर भनिन्थ्यिो । यही कुराले म प्रभावित थिएँ र मलाई राजनीतिमा तान्यो’ उनले भनिन ।

वाइसियलको सचिव भएपछि उनी प्रहरीको खोजीमा परिन । उनलाइ पक्राउ गर्न प्रहरीको टोली गाउँसम्म पुग्थ्यो । उनी प्रहरीबाट बच्दै राजनीतिमा सक्रिय रहिन् । परिवारका सदस्यले उनलाई राजनीति नगर्न पटक–पटक सम्झाउदा पनि उनले राजनीति नछोडेको बताउछिन् ।

२०५६ सालबाट उनी माओवादीको पूर्णकालिन बनिन् । जुम्लामा पार्टी संगठनमै रहेर काम गर्दै पार्टीले सञ्चालन गरेको ‘कर्णाली जनहातेमालो अभियान’ अन्तर्गत जुम्लासहित कालीकोट, दैलेख लगायतका जिल्लामा पुगिन । जनयुद्धमा लागेर राजनीति गर्नु सजिलो कुरा थिएन । तर उनले यो चुनौतीलाई स्वीकारेर अघि बढिन । पार्टीको एरिया कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, महिला संगठनको इन्चार्ज हुँदै पार्टीको केन्द्रीय सदस्य समेत बनिन् । जनयुद्धमा राजनीतिका साथै जनमुक्ती सेनाको राजनीतिक कमिसार भएर पनि काम गरेको उनी बताउछिन् ।

जनयुद्धमै रहँदा कुँवरको विवाह भयो । श्रीमान् जनमुक्ति सेनामा, उनी पार्टीमा रहेर काम गरे । शान्ति प्रक्रियापछि कर्णालीमा अखिल नेपाल महिला(क्रान्तिकारी) संगठनको अध्यक्ष भइन । अहिले महिला संगठनको केन्द्रीय सचिवसमेत समेत रहेकी छन । जनयुद्धमा लागेपछि पढाइ रोकियो । तर पढ्ने इच्छा रोकिएको थिएन । कक्षा दश पढ्दै गर्दा पूर्णकालिन बनेकि कुँवरले शान्ति प्रक्रियामा आइसकेपछि एसएलसी दिइन् । अहिले उनी स्नात्तक तहमा अध्ययनरत छन ।

संविधानसभा र सरकारमा 

२०७० सालमा संविधानसभा सदस्यको दोस्रो निर्वाचन भयो । उनी समानुपातिकतर्फबाट संविधान सभाको सदस्य बनिन् । नेपाल सरकारको राज्यमन्त्रीसमेत बनिन् । जुम्लाको कुनै विकट वस्तीबाट बाल्यकालमै विद्यार्थी राजनीति सुरु गरेकी कुँवर जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिको मूलधारसम्म आइपुग्दा राजनीतिमा सक्रिय नै छन् । संविधानसभामा हुदा नै छोरी संजीवनिको जन्म भयो ।

उनको राजनीतिक जीवन त्यति सजिलो भने छैन । यहाँसम्म आइपुग्न राजनीतिमा धेरै दुःख र चुनौतीहरूसंग पौठेजोरी खेलेकि छन् । आज पनि महिलालाई समान रूपमा हेर्न र ग्रहण गर्न नसकिरहेको समाजमा कुँवरको राजनीतिक उदय सहज हुने कुरै भएन ।
त्रासदीपूर्ण जनयुद्ध लडेर आएकी उनलाई संसदीय राजनीति अझ चुनौतीपूर्ण लाग्छ । उनी भन्छिन्, ‘संसदीय राजनीति गर्न चुनौती छ । त्यसमाथि क्षमता हुँदाहुँदै महिलालाई प्रत्यक्ष चुनाव लड्न सहज छैन । शारिरीक हिसाबले मुल्यांकन गरिन्छ । त्यसलाई चिरेर हिँड्न सजिलो छैन ।’
अन्तत :संविधानसभा सदस्य भएर सबैका अधिकार समेटिएको संविधानमा हस्ताक्षर गर्दा उनी जति खुसी थिइन । अहिले त्यसको कार्यान्वयन गर्ने समय आएको र त्यसको लागि पुन एक पटक जुम्लाका जनताले अबसर दिनेमा उनी ढुक्क छन् । उनले भनिन्, ‘संविधान सभाबाट संविधान लेखियो । अहिले कार्यन्वयन मै छ । केहिले संसद विघटन गरेर संविधान विरोधि काम गरे । अझै पनि प्रतिगमन हुने खतरा छ । त्यहि भएर पुन जुम्लाका जनताले संविधानको रक्षा गर्ने अवसर दिने छन् ।’

संविधान थप संस्थागत र कार्यान्वयन गर्न ‘महिला, दलित, पछाडि पारिएका वर्ग समुदायको मुद्दा लिएर जनयुद्धमा होमिए जस्तै सोही बटमलाईनमा संविधानत संघीयताको कार्यान्वयन गर्ने जिम्मेवार बोकेर संसदको यात्रा गर्ने चाहना रहेको र यो चुनावमा त्यो चाहना यहाँका जनताले पुरा गर्नेमा विश्वस्त रहेको उनले बताइन् ।

कर्णालीमा ठूला दलबाट उम्मेदवारी दिने कुँवर एक्लो महिला हुन् । जुम्लामा पनि पाँच दलिय गठबन्धन छ ।

सम्बन्धित समाचार