सत्यमोहन जोशीको निधनमा सिंजा गाउँपालिकाको शोक बक्तव्य


जुम्ला ःजुम्लाको सिंजा गाउँपालिकाले शोक बक्तव्य जारी गरेको छ । गाउपालिकाले संकृतिविद् सत्यमोहन जोशीको निधनमा गाउँपालिकाले शोक बक्तव्य जारी गरेको हो । गाउँपालिकाको अध्यक्ष पूर्णप्रसाद धितालको हस्तक्षर गरेको शोक बक्तव्यमा भनिएको छ ।
,“निरन्तर खोज अध्यायन अनुसन्धान मार्फत वि.स.२०२८ सालमा सिंजा सभ्यतालाई र संस्कृतीलाई विश्वकै विशाल र पहिलो सभ्यता हो भन्ने वकालत गर्दें सिंजाली भाषा सभ्यता र संस्कृतीलाई राष्ट्रियकरण गर्न उकृष्ट योगदान पुर्याउनु भएका सताब्दीपुरुष सत्यमोहन जोशीको दिर्घ जिवनलिला समाप्त भएको यस शोकाकुल घडीमा सिंजा गाउँपालिका मर्माहत भएको छ ।

उल्लेखित जारी शोक बक्तव्यमा समग्र देशले गुमाएको एक युगकै सभ्य साक्षी हुदै निकै सम्मानित जिबन जिउनुभएको उनले सिंजा क्षेत्रको गाउँ बस्तीमा आई यहाँको जिवन जगत साथै जिबन जिउने कला यहाँको भाषा सभ्यताको गहन अनुसन्धान गदै यस सिंजाली सभ्यतासंग सम्बन्धीत पुस्तक प्रकाशन गरेबापत मदन पुरस्कार प्राप्त गरेका छ ।

सिंजाली खस भाषा सभ्यता र संस्कृतीलाई राष्ट्रको अमूल्य निधिकारुपमा स्थापित गर्न उहाँले खेल्नु भएको महत्वपूर्ण योगदानको उच्च सम्मानकासाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गदैं शाकाकुल सम्पूर्ण देशभक्त नेपालीमा गहिरो समबेदना प्रकट गर्दछु, उल्लेखित जारी शोक बक्तव्यमा भनिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले कार्तिक १ गते देशभर शोक बिदा समेत दिएको थियो

सम्बन्धित समाचार