जुम्ला ःपहिरोका कारण कर्णाली राजमार्ग बन्द भएको कारण देखाउदै गरिएको कालोबजारी र अखाद्य बस्तु रोक्नका लागी जुम्लामा बजार अनुगमन गरिएकाे छ । बिपद्को अवधिमा भएको मूल्य वृद्धि एबं कृत्रिम अभाव रोक्नका लागी अनुगमन गरिएको हो ।
बिपदको समय कतिपय व्यवसायीले ‘कमाई गर्ने मौका’का रुपमा उपयोग गर्ने र त्यसको प्रत्यक्ष मारमा सर्वसाधारणमा परको भन्ने जनगुनासो आएपछि जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
त्यस्तै जुम्लाको बजारमा खानेतेल ,चामल, चिनि र ग्यासमा बढाइएको मुल्यबिद्धि लाई मध्यजनर गरी प्रशासनको संयोजकत्वमा संयुक्त बजार अनुगमन गरिएको जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी रिजालले बताइन ।उनले भनिन,”बजारमा आवश्यक मात्रामा दैनिक उपभोग्य वस्तु रहे÷नरहेको विषयमा बुझ्नका लागि पनि अनुगमन गरेको हो । उनका अनुसार कर्णाली राजमार्ग बन्द भएलगतै जुम्लामा कालोबजारी सुरु भएको भन्ने गुनासो आएको छ । उनका अनुसार जनगुसो आय अनुसार खानेतेलमा कालोबजारी नभएको बताइन ।
तर याे संकटकाे घडीमा कतिपय व्यवसायीले कमाउ धन्धा थालेको पाइएको छ । खाने तेल र ग्यासमा मूल्य वृद्धि गरिएको छ । ग्यास र तेलमा कृत्रिम अभाव सिर्जना गरिएको छ ।कालाबजारी रोक्नका लागि गरिएको बजार अनुगमनमा मुल्यमा एकरुपता देखिएको छैन ।जुम्ला बजारमा पाइने एकै सामानको मुल्य फरक फरक भएको पाईएकाे छ ।
त्यस्तै जुम्लाका ठुला ब्यापरिले संकटलाई कमाउने अवसरका रुपमा लिदा उद्योगग बाँणज्यसंघ भने मौन बसको छ । उद्योग बाणिज्यसंघले मानवीय सहयोग गर्ने अवसरका रुपमा लिन व्यवसायीलाई आग्रह गर्नु पर्ने बेला हो । तर उही समानको मुल्य फरक गरेर बेच्दा समेत मुल्यमा एकरुपमता ल्याउन कुनै पहल गरेको छैन ।
बिपद्ले सडक बन्द हुदा जुम्लाका ब्यापारिले मूल्य वृद्धि भएको गुनासो गर्दै आएका छन । त्यस्तै ब्यपारी जेन्द्र खत्रीले भने ठुला ब्यपारीले होलसेलमा खाने तेल एक पेटीको २६ सय ५०मा बेच्ने गरेका छन । हामीले २७ सयमा बेचेका छौ ।
त्यस्तै चिनिको मुल्य प्रतिकेजि एक सय २० रुपैयामा बिक्रि गर्दै गर्ने गरेका छन ।पहिलेको तुलनामा जुम्लाका ब्यापारीले मुल्य बृद्धी गरेका छन । ब्यापरिले उपभोत्ता सामान किन्न जाँदा बढी मुल्य र अनुगमन समिती जाँदा कम मुल्यमा बेच्ने गरेको बताउने गरेका छन ।
यो पटक अनुगमन गर्दा म्याद सकिएका खाद्यन्न वस्तु नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले बताए । उनले भने,”जुम्ला १६ वटा खाद्य तथा खुद्रा पसल र ४ वटा तरकारी पसल अनुगमन गरिएको छ । ब्यापरिले बेसार, मसला जस्ता दैनिक उपभोग्य बस्तु खुला रुपमा राखेको पाइएको छ । त्यस्तै तरकारी र फलफुल सडेगलाका बेच्न राखेको पाइएको छ ।
यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन्। मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक भएकोले उपभोक्ता मर्कामा परेका छन ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयल ,उद्योग बाणिज्यसंघ ,चन्दननाथ नगरपालिका लगायतको टोलीले संयुक्त रुपमा बजारको अनुगमन गरेको हो ।