हिमा र सिंजा सरकारका एकसय दिनका काम सार्वजनिक

जुम्ला ः जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एक सय दिनमा भएका कामको सार्वजनिक गरेका छन् ।हिमा गाउँपालिका जुम्लाले एक सय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेको छ भने सिंजा गाउँपालिकाले आफ्ना काम रेडियो सिंजाखोला एफ एम सार्वजनिक तथा सामाजिक संजाल मार्फत पोष्ट गरेको छ ।

हिमा गाउँपालिकाले भने नेपाल पत्रकार महासंघ जुम्लाको हलमा वुलेटिन सार्वजनिक कार्यक्रम आयोजना गरेर भएका मुख्य कार्यक्रमहरु सार्वजनिक गरेको छ । अध्यक्ष लक्ष्मणबहादुर शाही, एक नम्बरका वडाध्यक्ष रतनबहादुर शाही, ६ नम्बर वडाध्यक्ष उपराज अधिकारी सहित जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ, पत्रकारहरु, संचारमाध्यामको उपथितिमा बुलेटिन सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष रतनबहादुर शाहीले हिमा सरकारले गरेका एकसय दिनका मुख्य कामहरु यसमा समेटिएको बताए । उनले यो पटकको जनप्रतिनिधिको कुनै प्रकारको स्वार्थ नभएको भन्दै काममा विश्वास गर्ने दावी गरे ।
बुलेटिन प्रकाशनको बिषयमा पत्रकारहरुले गाउँपालिकालाई जिज्ञासा समेत राखेका छन् ।

पत्रकारहरुको जिज्ञासा मेटाउदै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमा गाउँपाकिाले वुलेटिन प्रकाशन गरेर शुशासनको पत्याभूति दिलाएको बताए । उनले गाउँपालिकाको केन्द्र टुंगो, ग्रिन रोड र रिभर अभियान, आखा अस्पताल स्थापना, नाग्मको काठेपुल, कालो तिरुवाको सम्मान सहित विभिन्न कामहरु अगाडि बढाएको बताए । अध्यक्ष शाहीले शुरुवात भएकाले आगामी दिनमा छुटेका बिषयमा समेटिने बताए ।उनले गाउँपालिकाले स्वास्थ्यवीमाको प्रक्रिया अगाडि बढाईएको तर लक्षित बर्गलाई एम्वुलेन्स सेवा शुरु देखीनै प्रदान गरिएकोमा जोड दिए । उनले हिमाले गरेका राम्रा कामको मिडियाले प्रशंसा गरेकोमा पत्रकारहरुलाई धन्यवाद ज्ञापन समेत गरे ।
अध्यक्ष शाहीले गाउँपालिकामा सवैपार्टीको सहयोगमा केन्द्र टुंगो लागेको भन्दै अव संरचनामा समेत जोड दिने बताउनुभयो ।

हिमा ६ का वडाध्यक्ष उपराज अधिकारीले केही नमूना कामहरु गर्दा पनि भत्काउने प्रयासभईरहेको भन्दै काम निरन्तर हुनेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हिमा र सिंजा गाउँपालिकाले एकसय दिनमा भएका काम सार्वजनिक गरेकोमा धन्यवाद ज्ञापन गर्दै शुसासनको प्रत्याभूति शुरुवात गरिएको बताउनुभयो ।उनले पत्रकारको धर्म राम्रो कामको समर्थन र गलत काममा सजग बनाउने भएकोमा जोड बताए ।यसैगरी सिंजा गाउँपालिकाले आफ्नो कार्यप्रगति रेडियो सिंजाखोला एफ एमबाट सार्वजनिक गर्नुका साथै आफ्नो कार्य सामाजिक संजालबाट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले खस भाषाको अभिलेखीकरण,हाटबजारको शुरुवात देखी विभिन्न एक सय दिनमा भईहेका कामको सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सार्वजानिक सुनुवाई,टेलिफोन टावर सुचारु,पहिलो पटक खस भाषबाट आर्थिक वर्ष २०७९÷०८० को निति तथा कार्यक्रम प्रस्तुत, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन संचालन गरेको,सिंजा गाउँपालिका प्रत्यक महिनाको १ गते हाट बजार संचालनको सुरुवात सहित विभिन्न कामहरु अगाडि बढाईएको जानकारी दिनुभयो ।

नदिजन्य गिट्टी वालुवाको आ.इ.इ का लागि प्रक्रिया अगाडि बढाएको ,विद्यालयमा गुणस्तर शिक्षा सुधार अभियान शुरु गरिएको,सिंजा गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्र सुधार गरी संचालनमा ल्याईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अन्य काम समेत सार्वजनिक गरेको छ ।

 

सम्बन्धित समाचार