जुम्लामा गाईजात्रा सूरु : किन मृत्यु भएका घरबाट गाई निकालिन्छ


जुम्ला ः जुम्लामा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको पाइन्छ ।नेवार समुदायले मनाउने यो पर्व भएपनि पछिल्लो समयमा जुम्लाका सबै समुदायका नागरिकले मानाउदै आएका छन ।
संस्कृतिविद् रामा नन्द आर्चायका अनुसार,“हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइएको हो।“ नेवारी भाषामा यो पर्वलाई ’सापारू’ भनिन्छ।’सा’ को अर्थ गाई र ’पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ। गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ।

त्यस्तै यस पटकको गाइजात्राको अवसरमा स्वर्गीय लाल बहादुर थापा र स्वर्गीय मिम बहादुर सुनारको घरबाट गाई निकालियको जात्रा समितिका कोषा अध्यक्ष महेन्द्र कार्कीले बताए ।उनका अनुसार दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको उको घरबाट लिकाल्दा मृतकको आत्माको चिरशान्तिको कामना गर्ने प्रचलन रहिआएको छ । उनले भने, गाईलाई उच्च महत्त्व दिने गरिएकोले धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि छ ।

कार्की भन्छन,”मलाई लाग्छ अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको हुन्छ । त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ। उनले थपे, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ। बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि चिर शानितको कामना होस् भनेर मनाइने जात्रा होे।“गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ।

सम्बन्धित समाचार