जुम्ला ः कर्णालीकै लामो तथा ठूलो यो जात्रा कर्णालीकै ऐतिहासिक र सांस्कृतिक जात्राको तयरी पुरा भएको छ । १९ सय ५५मा विषेशगरि नेवार समुदायको जुम्ला सूरु गरेको जात्राको तयारी पुरा भएको हो । नेवार समुदायका प्रमुख पर्वको रुपमा रहेको जात्रा जुम्लामा बसोबास गर्ने नेवार समुदायका कृष्णमान श्रेष्ठ र पून्नमान श्रेष्ठले सूरु गरिएको यो जात्रा अहिले जुम्लाबासीको महत्वको रुपमा रहेको छ ।
नेवार समुदायको प्रमख पर्व भएपनि पछिल्लो समय जात्राप्रतिको मोह जुम्लीहरुमा बढ्दै गएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए ।उनले भने, यहि साउन १० गतेबाट बिधिवरुपमा सूरु गरिने भएको छ । उनका अनुसार पछिल्ला केहि वर्षयता जुम्लामा मनाइने जात्राको परम्परागत मूल्य मान्यतामा फरक देखिन थालेको छ ।
नेवार समुदायसँग आधारित मानिने जात्रामा पछिल्लो समय ब्राह्मण, क्षेत्री, बौद्ध धर्मावलम्बी र दलित समुदायको पनि अर्थपूर्ण सहभागिता हुन थालेको छ । समग्र कर्णालीको ऐतिहासिकता झल्काउने अवसरको रुपमा जात्रालाई ब्यवस्थित रुपमा संञ्चालन गर्नका लागी सबैको साथसहयोग आबश्यक रहेको छ ।
जात्राको लागी पहिलो उठाइले शुल्क यस पटक स्वइच्वकका रुपमा मागिने छ । यसको लागी आर्थिक समितिमा उत्तम श्रेष्ठ रहेको जात्रा समितिका अध्यक्ष रमेश क्षेष्ठले बताए । उनले भने, संरक्षण समितिका अध्यक्ष चित्रलाल श्रेष्ठ रहेका छन । जुम्लाको जात्रा सफल पार्नका लागी २९ जनाको समिति बनाइएको छ । बजा समितिका संयोजक हरिपरियारलाई राखीएको छ ।
जात्रामा झण्डै सात लाख जती खर्च लाग्ने अनुमान गरिएको छ । यसको लागी जुम्लाका सबै स्थानीयतहमा आबश्यक पहल भइरहेको कोषाध्यक्ष कार्कीले बताए । कर्णालीमा मनाइने गाईजात्राको ऐतिहासिक महत्व छ । वर्षको एक पटक आउने जुम्लाको जात्रा हेर्न बाहिर जिल्लाबाट हजारौं आउँछन् विभिन्न जात्रामा देखाईने प्रस्तुतिले साना बालबालिकादेखि सबैको मन तान्न सफल भएको पाइन्छ ।गाइजात्रा, रोपाई जात्रा , पल्टन जात्रा ,मिम वास्सा, फौजी व्यारेक, साधु सन्त, खस धामी झाँक्री लगायतका विभिन्न प्रकारका नाचहरु हास्यव्यंग्यका प्रस्तुत देखाइने गरिन्छ
हिलो उठाइले शुल्क यस पटक स्वइच्वकका रुपमा मागिने छ । यसको लागी आर्थिक समितिमा उत्तम श्रेष्ठ रहेको जात्रा समितिका अध्यक्ष रमेश क्षेष्ठले बताए । उनले भने, संरक्षण समितिका अध्यक्ष चित्रलाल श्रेष्ठ रहेका छन । जुम्लाको जात्रा सफल पार्नका लागी २९ जनाको समिति बनाइएको छ । बजा समितिका संयोजक हरिपरियारलाई राखीएको छ ।