वर्षाका कारण बाढी आएपछि नाग्म–गमगढी सडक अवरुद्ध

जुम्ला ः कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।निरन्तर  वर्षाका कारण आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो ।
२ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन । सवारी साधन खोला वारी र पारी रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।

यस घटनाका विषयमा प्रहरी प्रशासन सवैलाई खबर गरिएको उनले बताए । उनका अनुसार बाढीले धान खेत पनि पुरिएका छन् ।
यस्तै, सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो । बाढीले हिमा नदीको बहाव बढेपछि काठेपुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

 

 

सम्बन्धित समाचार