जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

सुर्खेत : रुकुम पश्चिममा जंगली च्याउ खाँदा बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको घरका पाँच जना बिरामी भएका छन्।

घरमुली आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ ल्याएर खाँदा परिवारका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।

प्रहरी नायब उपरिक्षक बिष्णुकुमार सोतीले३६ वर्षीय आशिराम खत्री सहित श्रीमती ३१ बर्षीया कुमारी खत्री, छोरा ६ बर्षीय शेरबहादुर खत्री, छोरी ३ बर्षीया धनमाया खत्री र भान्जा १४ बर्षीय निमबहादुर खत्री बिरामी भएको जानकारी दिए।

खत्रीका अनुसार बिरामी पाँचै जनालाई बुधबार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याएको प्रहरीले जनाएको छ। घाइतेमध्य] घरमूली आशिराम र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।

अन्य तीन जना भने बोल्न सक्ने अवस्थामा छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलेवर्षा याममा जंगली विषालु च्याउ खाएर विभिन्न स्थानमा मान्छे बिरामी परेको भन्दै यसतर्फ सचेत रहन आग्रह समेत गरेको छ।

सम्बन्धित समाचार