जुम्लाको पातारासी पुर्ण खोप सुनिश्चिता पालिका घोषणा

जुम्ला ः जुम्लाको पातारासी गाउँपालिका पुर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भएको छ । जुम्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकालाई विगत दुई वर्ष पहिले देखिको प्रयास थियो । नेपाल सरकार लक्ष अनुसार पुण खोप सुनिश्चिता गोषणा गरिएको हो ।
पातारासी गाउँपालिकाका १ देखि ७ नम्बर वडाका जन्मे देखि १ वर्षका ३ सय ८९ र १ देखि २ वर्षका ३ सय ८३ जना गरी जम्मा ७ सय ७५ बालबालिकालाई बीसीजीदेखि टाईफाईड सम्मका १२ प्रकारका सबै खोप लगाइएको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक रतन बहादुर बुढ्थापाले बताए । उनले भने, पालिका भित्रका दुई वर्ष सम्मका स्य ७५ बालबालिका पुर्ण खोपको पहुँचमा पुगेपनि पालिका घोषित भएको हो ।
कोभिडका कारणले पुर्ण खोप पालिका घोषणा एकवर्षपछि धकेलिएपनि सबै सूचक पुरा गरे पातारासीलाई पुर्ण खोप सूनिश्चित पालिका घोषणा गर्न सफल भएको पातारासीका स्वास्थ्य संयोजक बुढ्थापाले बताए ।पुर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयम सेविका,स्वास्थ्यकर्मीको विशेष भुमिका महत्वपुण रहेको थियो । जस अनुसार ७ वडा उत्कृष्ट ७ जना स्वयमसेविका,स्वास्थ्यकर्मीलाई नगद सहित सम्मान गरिएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा,स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पुर्ण खोप पालिका घोषणा हुनु गौरबको विषय भएको बताए । उनले भने,“यहाँका सबै बालबालिका रोग मुक्त र खोप युक्त भएको सन्देश फैलिएको छ । यो अभियान सरकारको सफल पार्न सबैको दायित्व पनि हो । स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशांसा योग्य छ ।”
त्यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले दिगो विकासको मुख्य सुचक मानिने पुर्ण खोप अभियानमा पातारासी सफल भएको बताइन । उनले बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभई पोषण देखि पुर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि उल्लेखीय विकास मानिने उल्लेख गरिन ।
२०३० नेपालाई पुर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इट्टा थपेको छ । पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले भने ,“दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिईने छ । पोषणा स्थिती सुधारदेखी औषधी आपुर्ति, नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढंगमा अघि बढ्ने छ ।”
त्यस्तै पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले घोषणा गर्नु भन्दा ठुलो कुरा नभई प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए । उनले विगत दुई वर्षको मेहनतले पुर्ण खोप पालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवाले साथ दिन आबश्यक रहेको बताए ।
त्यस्तै खोप बालबालिकाको नैसर्गिक अधिकार भित्र रहेको पुर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाको भनाई छ । पातारासी अझै शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेकोले पालिका देखि प्रदेश शिक्षा स्वास्थ्यको विकासमा जोड दिनु पर्ने नागरिक अगुवा राजनीति दलको सुझाब छ ।
त्यस्तै पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले यस पटक मात्रै नभइ बालबालिकाको स्वास्थ्यको लागी पालिकाले हरेका वर्ष खोप अभियान चलाउने बताइन । उनले पुर्ण खोप सुनिश्चिता तथा दिगोपना गर्ने कार्यक्रम नेपाल सरकारको हो । हामी यस्ता खालका कार्यक्रमलाई पालिकाले पनि सफल बनाइन छ । पातारासी पुर्णखोप सुनिश्चिता पालिका घोषणा भएको भन्दै जिसस प्रमुख,गापा अध्यक्ष,सिडिओदेखि राजनीतिक दल लगायत स्थानीय हस्ताक्षर समेत गरेका छन्









