महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्ये हुनु पर्छ : नेपाल अपाङ्ग महिला सघं


जुम्ला ः अपाङगता भएका व्यक्ति र महिला माथि हुने सबै प्रकारका हिंसा रोक्न आबश्यक रहेको नेपाल अपाङ्ग महिला सघंले बताएको छ । नेपाल अपाङ्ग महिला सघंको    आयोजना र चन्दननाथ नगरपालिकाको महिलातथा बालवालिका शाखाको समन्वयमा भएको नगर स्तरमा अभिभुखीकरण कार्यक्रममा यस्तो बताइएको हो ।

अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत हुनु पर्ने नेपाल अपाङ्ग महिला सघंकी कर्णाली प्रदेशकी सम्पर्क ब्यक्ति धनसरा शाहीले बताइन । उनले भनिन्,‘ समग्र महिला नै लैङ्गिक विभेदको मारमा परिरहेको अवस्थामा अपाङगता भएका महिला झन विभिन्न प्रकारका हिंसा,यातनाबाट पीडित हुने गरेको बताइन । उनले अपाङगता भएका महिला अवसरबाट समेत वञ्चित हुने अवस्था निर्मुल गर्न आबश्यक छ ।त्यस्तै अपाङगता भएका महिला बलात्कार तथा यौन दुव्र्यवहारको सिकार हुन नदिनको लागि सचेतना फैलाउन जरुरी छ । ’
त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका बालकल्याण अधिकारी पुस्पा थापाले महिला हंसा न्युनिकरणका लागी बिभिन्न क्रियाकलाप भइरहेको बताइन ।
उनले हिंसा न्युनिकरणका लागि बनाइएका कानुन र तिनको कार्यन्वयनको अवस्थाका बारेमा सबै महिलालाई जानकारी दिन जरुरी छ ।उनले भनिन,“कानुन बनेका छन । तर अपाङ्गता भएका महिला विरुद्ध हुने गरेका हिंसा, बलात्कारका घटना बाहिर आउन सकेका छैनन् । आईहाले पनि उजुरी गर्न मान्दैनन् ।

त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका प्रमुख माया थापाले महिला हिंसा भयर पनि उजुरीको रुपमा आउन नसकेको बताइन । उनले भनिन, कानुनी प्रक्रियामा आएका घटना पनि आर्थिक प्रलोभन देखाएर पनि पीडितले बीचमै छाड्ने गरेका थुप्रै घटना छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघका शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले विशेष गरी पीडितले आफूलाई दरिलो गरी उभ्याउन नसक्नु, बनाउन आबश्यक रहेको छ । उनले भने, कानुनी भए मात्रै पुग्दैन कानुनमा भएका ब्यवस्था कार्यन्वयन गर्न जरुरी छ । जसका लागी अदालती प्रक्रिया जानबका लागी परिवारको सहयोग खाँचो रहेको छ । घरपरिवारको सहयोग बिना अपाङ्गता भएका महिलाले न्याय पाउन सक्दैनन् ।

त्यस्तै अपाङ्ग पुर्न स्थापना तथा बिकास केन्द्रकी उपाध्यक्ष कमला बुढाले पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री नभएको बताइन ।उनले ,वडास्तर देखि पालिका सम्म अपांगता भएका व्याक्तीहरु सिपमुलक र आयआर्जनका कार्यक्रम दिएको खण्डमा अपाङ्ग भएका ब्यक्ति आत्मा निर्भर हुने बताइन ।जुम्लाका रहेक स्थानीय तहले अपांङगता भएका महिला हिंसा अन्त्य र महिला अधिकारका पक्षमा काम गर्न महिलाहरूको सशक्तिकरणका लागि आवश्यक बजेट विनियोजन गर्न आश्यक छ ।

 

सम्बन्धित समाचार