जुम्ला ः सामान्य रूपमा भन्नुपर्दा पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक् प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्ने गरिएको एन्साब नेपालले बताएको छ । जुम्लाका सामुदायिक वनहरूले काठ उत्पादनमा मात्रै नभएर जैविक विविधता संरक्षणमा पनि ध्यान दिनुपर्नेे भताएको हो । जुम्लामा कुट्की ,वनलशुन, जटामसी , सेताेचिनी र अतिस जस्ता जटिबुडीको संरक्षण र अनुसन्धान गर्दै आएको एन्साव नेपालका फिल्ड संयोजक श्रवण कुमार बस्नेतले बताए । नेपाल सरकारको वनमन्त्रालय साझेदारी निकाय एनसाव भएको बताए । वनको क्षेत्रमा कामा गर्ने निकायले जैविक विविधता संरक्षणमा चासो नदिइएको खण्डमा यस्ता खलका जटिबुडी लोपउन्मुख हुन सक्ने बताए ।
जुम्लाको तातोपानीको ताम्ती, र पातारासीको सामुदायिक वनमा हिमाली परियाेजना अन्तरगत जैविक विविधता’ सम्बन्धी कार्यक्रममा लागु गरेको बताए । उनले भने,‘हामीले व्यवस्थापन गरिरहेको वन भनेको प्राकृतिक वन हो । त्यो प्राकृति वनमा विभिन्न प्रजातिहरु छन् ।बस्नेत भन्छन ,त्यसैले संसार जैविक विविधताको अघोषित साम्राज्य हो । यस अर्थमा जैविक विविधताको संरक्षण गरी यहाका ५ हजार नागरिकको जीवनस्तर माथी उकास्ने उद्देश्य हो ।
यसको स्रोत ,सर्वेक्षण ,मुल्यांकन र अनुगमन गरी जंगलमा रहेका वनस्पतीहरुको संरक्षण संकलन ,ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका छौ । एन्साबले आयोजना गरेको प्राङ्गारिक तथा फेयरवाइल्ड प्रमाणिकरणका लागी सामुदायिक वन कार्ययोजनामा भएका कमिहरुकाे बिच कार्यशाला गोष्ठी गरिएको छ । एन्साबले जुम्ला, मुगु , बजाङ , दार्चुला र हुम्लामा हिमाली परियोजना अन्तरगत्त कार्यक्रम गरेको हो ।
यसले ३० वटा सामुदायिक वनमा काम गर्दै आएको छ ।जुम्लाको नदाइ, महारुद्ध, चुर्कुटी, देउरामाई सामुदायिक वनमा रहेका स्रोतहरु को ब्यवस्थापन सम्बन्धी काम गरिएको छ ।एन्साबको यश हिमाली परियाेजनाकाे मुख्य कार्ययोजना ,जैबिक विविधताको संरक्षण दिगोब्यवस्थापन ,गरी ५ हजार नागरिकको आर्थिक जिवन स्तर ५ प्रतिशत माथी पुगाउने हो ।
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले जुम्लामा जटामसीको समस्या समाधान हुनु पर्ने बताए । उनले भने ,यसको लागी एन्साब नेपालले समेत पहल गर्नु पर्ने बताए। त्यस्तै डिबिजन वनकार्यालयका अधिकृत खड्कलाल नेपालीले जटीबुडी निर्यात कार्य झनजटीलो भएको बताए । उनका अनुसार अनुमति बिभागले दिने राजश्व पनि उसले उठाउने जस्ता कार्यले समस्या भएकाे हो ।