जुम्ला ः २० ६६ सालमा स्थापना भएको जिल्ला सेवा केन्द्रले ७ सय १५ जना हिसा पीडित तथा बालवालिकाले सेवा पाएको बताएको छ । जिल्ला सेवा केन्द्रले आयोजना गरेको बैठकमा स्थापना देखि अहिले सम्म यस्तो सेवा दिइरहेको बताएको हो । घरेलु हिंसा तथा यौन ,जन्य दुब्यवहारबाट प्रभावित महिलाहरुका लागी चन्दननाथ नगरपालिकाको नगरप्रमुख राजुसिंह कठायतको अध्यक्षतामा बैठक बसेको छ ।
जिल्ला सेवा केन्द्रमा आर्थिक हिंसा , गाली बेइजेती बहु बिवाह, जवरजस्तीकरणी , चारित्रिक आरोप ,यौनदुब्यवहार , मानसिक यातना , घर निकाला , र नाताकायम नभएका जस्ता पीडीत आउने गरेको सेवा केन्द्रकी अध्यक्ष भगवती क्षेष्ठले बताइन । उनले भनिन, हामी सेवा दिन महिला आफैअसुरक्षित छौ।हामीलाई समेत ज्याजमार्ने धम्की आउने गरेका छन । तर पनी पीडितको न्यायको लागी लडिरहेका छौ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिहं कठायतले , हिंसापीडित ,महिला ,बालवालिकाको क्षेत्रमा प्रथामिकता दिने बताए । उनले , महिला हिंसा न्युकरणका लागी सबै संगसहकार्य गरेर जाने बताए। त्यस्तै नगर उपप्रमुख रामदेवि खड्काले हिंसा पीडित महिलाको दिगो ब्यवस्थापन गर्नका लागी प्रतिबद्ध रहेको बताइन ।उनले ,आफ्नो पहिलो प्रथामिकता महिलाका समस्या समाधानका लागी हुने बताइन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले भौतिक पुर्वधारलाई मात्रै बिकास हो भन्ने मानसिकता बदलन आबश्यक रहेको बताईन ।उनले भनिन,‘ यस अघि महिला तथा बालवालिका कार्यलय हुदा महिलाको क्षामता अभिबिद्धी जस्ता सामाजिक बिषयलाई नै प्रथामिकता दिदै आएको थियो।
संघियता पछि त्यस्ता कार्यक्रमले खासै प्रथामिकतामा नपरेको बताइन ।उनले भनिन ,हिंसामा परेका महिलाको दिर्घकालिन ब्यवस्थापनको लागी स्थानीय सरकार जिम्मेवारी हुन पर्ने बताइन ।उनले थपिन भवन बनाउने काम मात्रै बिकास होइन सामाजिक क्षेत्रमा पनि विशेष ध्यान दिन नगरपालिकाका प्रमुख र उपप्रमुखलाई अनुरोध छ ।
त्यस्तै सामाजिक बिकास कार्यलयका प्रमुख तुलाराज चौलागाइले , महिलालाई आत्मानिर्भर बनाउनका लागी सिपमुलक तालिम दिइने बताए । उनले हिंसा पीडित महिलाका लागी सामाजिक बिकास कार्यलयको सधै साथ सहयोग रहने बताए ।