तिलाको डुंग्रीगाउँमा महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी निशुल्क शिविर सञ्चालन गरिने
जुम्ला ःजनस्वास्थ्य सेवा कार्यालय जुम्लाले महिलाको प्रजनन स्वाथ्य सम्बन्धी एक दिने निशुल्क शिविर सञ्चालन गर्ने भएको छ । तिलागाउपालिकाको ५ नम्वर वडाको डुंग्री गाउँमा संञ्चालन गरिने भएको हो ।जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यक्रम सम्पर्क ब्यक्ति मोर्चा शाही अनुसार लामाे समय सम्म गर्भ निरोधको लागी अस्थाइ साधन प्रयोग गर्न चाहना भएका महिलाको लागी पनी त्यो सेवा दिइने छ ।
उनले भनिन,मुख्य गरी पाठेघरको मुखकाे क्यानसरको जाँच ,पाठेघर खस्ने समस्या रोकथाम तथा ब्यवस्थापन र सेतो पानी बग्ने ,महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी अन्ये समस्याको पनि सेवा दिइने छ । उनले भनिन,‘ तिलागाउँपालिका ५मा रहेको डुंग्री गाउका महिलाको लागी निशुल्क शिविर सञ्चालन गर्न लागेका हौ ।उनले भनिन, यस्ता खालका समस्या भएका महिलालाई जेठ २८ गते शनिवार डुंग्री गाउँको भवानी आधारभुत बिद्यालयमा आउन अनुरोध छ ।
जनस्वास्थ्य सेवा कार्यालयले यो सेवालाई नियमित संञ्चालनका लागी हिमा र तिलाका नर्सिङहरुलाई २७ गते अभिमुखि कार्यक्रम सञ्चालन समेत गर्ने छ । यो सेवा नियमित दिनका लागी सम्बन्धी स्वास्थ्य संस्थामा कार्यरक्त जनशक्तिलाई शसक्त बनाउने उद्देश्यले अभिमुखकार्यक्रम गरिने भएको हो ।