कर्णालीका साढे ३६ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी

लक्ष्यबहादुर सुनार

सुर्खेत ।
कर्णालीमा ३६ दशमलव ५ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी रहेको एक तत्थ्याङ्कले देखाएको छ । कर्णालीको बार्षिक प्रतिव्यक्ति आय ६ सय ७७ अमेरिकी डलर रहेको छ । दिगो विकास तथा सुशासन सम्वन्धि युनडिपीले शनिवार विरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
नेपालमा बहुआयामिक गरिवी सूचाङ्क २८ दशमलव ६ प्रतिशत रहेकोमा कर्णाली प्रदेशमा ५१ दशमलव २ प्रतिशत पाईएको छ । ७ वटै प्रदेशमध्ये कर्णालीमा सबैभन्दा गरिवीको दर बढि भएको प्रदेश हो ।
यस्तै, कर्णालीमा बाल जन्म दर्ताको स्थिति ६५ प्रतिशत रहेको छ । १८ देखी २५ वर्ष सम्म हुने यौनजन्य हिंसाहरु ७ दशमलव ७ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । यस्तै ० दशमलव ११ वर्ग किलोमिटर सडक घनत्व रहेको छ भने ० दशमलव १० वर्ग किलोमिटर कालोपत्रे सडकको घनत्व रहेको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रममा सरोेकारवालाहरुले यस किसिमको समस्या समाधानका लागी प्रदेश प्रदेश र प्रदेश र संघ विच आवश्यकता औल्याएका थिए । समग्र नेपालको गरिबीको तथ्यांक हेर्दा हाल २१ दशमलव ६ प्रतिशत रहेकोमा सन २०३० मा ४ दशमलव ९ प्रतिशतमा झार्ने लक्ष्य लिईएको छ ।
हाल नेपालमा कुल जनसंख्याको ५८ प्रतिशत जनसंख्या ईन्टरनेटको पहुचमा रहेको बताईएको छ ।
गरीबी मुनी रहेका महिला, बालवालिका, विपन्न नागरिकको संख्या र सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको संख्याका आधारमा सो तत्थ्याङ्क संकलन गरिएको हो । औपचारिक वित्तिय संस्थावाट सेवा प्राप्त गर्नेको संख्या, बजारको केन्द्रको पहुच नभएको परिवार आदिलाई आधारमानी सो तत्थ्याङ्क संकलन गरिएको हो ।
कार्यक्रममा सरोकारवालाहरुले द्घन्द पश्चात शान्ति स्थापना भई नयाँ संविधान अनुसार निर्वाचन सम्पन्न भएको र आर्थिक समृद्घि, गरीवी निवारण, समावेशी विकास,वातावरण संरक्षण अहिलेको आवश्यकता रहेको बताएका थिए ।
तर राष्ट्रिय, प्रादेशिक र स्थानीयतहमा यसलाई लागु नगरेमा यसको लक्ष्य हासिल गर्न नसकिने उनीहरुले बताएका छन ।