जुम्ला ः कासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा उठेका धनबहादुर कामीको प्यान लै बिजयी भएको हो । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।
सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरूले दलको टिकट लिएनन् । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन ।
उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भएका छन । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन् ।
महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्ले बिजयी भएकी छन । त्यस्तै दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भएकी छन । कन कासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका छन ।
एक जना महिला सदस्य मात्र काङ्ग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कन कासुन्दरीले जनाएको छ । अहिले दलित बस्तीमा खुसीयाली ¥याली निस्किएको छ ।