सुरक्षाको घेराभित्र गज्याङकोटमा पुन मतदान : एक सुरक्षाकर्मी एक मतदाता


जुम्ला  : जुम्लाको गुठीचौरगाउ्रँपालिका ३ गज्याङकोटमा पुन मतदान सुचारु भएको छ । शंकर माध्यामिक विद्यालयमा झडप हुदा स्थगित भएको मतदान पुन शुरु भएको हो । बैशाख ३० गते मतदाता बीच झगडा भएर ढुंगामुडा हुदा मतदान प्रक्रिया विथोलिएर मतदान कार्य स्थगित भएको थियो ।

अहिले त्यो स्थानमा जिल्ला भरको सुरक्षाशक्ति प्रयोग भएको छ । सुरक्षाको बाक्लो उपस्थितले लगभग एक मतदाता एक सुरक्षाकर्मी जस्तै देखिन्छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, शशस्त्र प्रहरीबल ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द सहितको सुरक्षा टिमले मतदान स्थल घेरेकोछ ।निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिलेसम्म १८८ मत खसिसकेको छ ।गत वैशाख ३० गते सो मतदान स्थलमै झडप भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थगित गरी जेठ १ गते मतदान तोकेको थियो । मतदान पुन भएको ठाउँमा सो स्थानमा जिल्ला भरको सुरक्षाशक्ति त्यस स्थानमा पुगको छ ।

निर्वाचन आज भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए । एक हजार ७ मतदाता भएको उक्त मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुन सवै सवै प्रक्रिया शुरु हुने भएको छ । ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र वाहिरी घेरमा नेपाली सेना त्यस स्थामा तैनाथ छ ।

 

सम्बन्धित समाचार