जुम्लाको ३ वडाध्यक्षमा माओवादी, ४ वडामा काँग्रेस विजयी
जुम्ला ः जुम्लाका ८ स्थानीय तहका ६० वडा रहेका छन । यही बैशाख ३०गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीका तर्फबाट ४ वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् भने ३ वटा वडामा नेकपा माओवादी पार्टीका उम्मेदवार विजयी भएका हुन ।
त्यस्तै तातोपानी गाउँपालिका –१ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी भएका छन् । उनले ३४२ मत प्राप्त गर्दै वडाध्यक्ष पदममा निर्वाचित भएका हुन् । वडाध्यक्षका प्रत्यासी माओबादी केन्द्रका लोक बहादुर कठायतले २३९ मत गरेका थिए ।
यस्तै हिमा गाउँपालिका – १ मा वडाध्यक्षका उम्मेदवार काँग्रेसका रतनबहादुर शाही विजयी भएका छन् । त्यस्तै सिंजा गाउँपालिका १ मा वडाध्यक्षका उम्मेदवार काँग्रेसका हरिनन्द आचार्य विजयी भएका छन् ।
यस्तै चन्दननाथ नगरपालिका – १ मा वडाध्यक्षका उम्मेदवार काँग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए । वडाध्यक्षका प्रत्यासी माओवादीका राजबहादुर भग्रीले २४५ मत प्राप्त गरेका छन् ।
यस्तै जिल्लाका तिला गाउँपालिका – १ मा वडाध्यक्षका उम्मेदवार माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ ।
उनले ३४६ मत प्राप्त गरेका छन् ।कनकासुन्दरी गाउँपालिका – १ मा माओवादीका भीम भण्डारीले ३४६ मत प्राप्त गरी विजयी भएका छन।
त्यस्तै भने पातारासी गाउँपालिका – १ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन् ।







