आफुलाई भोट नहालेको भन्दै ,काँग्रेसका उम्मेदवार रोकायाले गरे ,सर्वसाधारण माथी कुटपिट


जुम्ला : नेपाली काँग्रेस पाटीबाट चन्दननाथ नगरपालिका ८ वडाको अध्यक्षको उम्मेदवारी दिएका रुप बहादुर रोकायाले आफ्नै कार्यकर्ता माथी कुटपिट गरेका छन ।रोकायाले वडाध्यक्ष पदको भोट आफुलाई नदिएको भन्दै चन्दननाथ नगरपालिका ८ कै कुमार बिक्रम शाही र कमल बोहोरा माथी कुटपिट गरेका हुन ।

रोकायाले भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले कुटपिट गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८ नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै सोही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेको पीडित पक्षको भनाइछ ।

उनको कुटाइबाट . चन्दननाथ नगरपालिका ८ कै कुमार बिक्रम शाही कुमार शाही घाईते भएका छन । उनी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफुलाई उनका भाई कृष्ण रोकाया, सोही वडाका बसन्त धराला, देवि धराला, बिर्ख रोकाया सहितका लगायर सामुहिक रुपमा कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन । उनले दिएको उजुरीमा त्यस्ता अपराधिक कार्यगर्ने गर्ने ब्यक्ति माथी आबश्यक कारवाही गर्न माग गरेका छन ।

पीडित शाहीले भने वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै आफु सहित चार जना लिएर उमगाडमा कुटपिट गरे । त्यसपछि घरमा छलफल गरौला भन्दै घरभित्र थुनेर सामुहिक रुपमा कुटपिट गरेको उनले प्रहरीमा दिएको उजुरी उल्लेख गरेका छन ।आफुहरुलाई भोट किन हालेको भन्दै धन्नै मारिसकेका थिए, ज्यान जोगाईदिन भन्दै कमल बोहरा र घाईते कुमार विक्रम शाहीका श्रीमति नानु शाही जिल्ला प्रहरी कार्यालय पुग्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाईएको र घटनाको अनुसन्धान गरिने बताएको छ ।यता जुम्लाका प्रहरी निरिक्षक भुवन भट्टले आफुलाइ भोट नहालेको भन्दै कुटपिट गरेको बिषयमा प्रहरीमा उजुरी आएको बताए । उनले भने, आबश्यक छनविन गरी छानविन गरी कानुनी कार्बाही गर्ने बताए ।

सम्बन्धित समाचार