जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सिसि टिभि जडान

जुम्ला : जुम्लाका सवै निर्वाचन अधिकृतको कार्यालयमा सिसिटिचि जडान गरिएको छ । मतगणना सुरक्षित तवरले सम्पन्न गर्नका लागी सिसि क्यामरा जडान गरिएको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सिसि क्यामरा जडान गर्न यस अघि नै निर्देशन गरिएको थियो । उनले भनिन, धेरैमा जडान भईसकेको छ ।

प्रजिअका अनुसार केहीमा जडान भईसेकेको र केही कार्यालयमा जडान कार्य जारी छ । सवै कार्यालयले जडान अनिवार्य गर्नुपर्ने भनिएको छ ।
त्यस्तै विगतको निर्वाचनमा टेलिफोननै नलाग्ने स्थानीय तहमा यस पटक सिसि क्यामरा समेत जडान गरिने भएको छ ।
प्रजिअ प्रसाईका अनुसार केन्द्रीय निर्देशन अनुसार नै जुम्लाका सबै स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सिसि क्यामरा जडान गर्न निर्देशन गरिएको हो ।
विगतमा केही स्थानीय तहमा धाधली र झगडा भएका थिए । सिसिभिटि जडान गरेको खण्डमा सुरक्षाको दृषिटले सहज हुने भएको छ । सिसि क्यामराले निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ । सिसि क्यमराले केही समस्या भईहालेमा प्रमाणको रुपमा हेर्न सकिने भएकाले यस्तो निर्देशन गरिएको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रसाईले केन्द्र बाट चारवटा सिसि क्यामरा निर्वाचन कार्यालयले पठाएको र अन्य स्थानीय स्तरबाट जडान गरिरहेका छन् । त्यस्तै जिल्लाको हिमा गाउँपालिकामा सिसि क्यामरा जडान भईसकेको निर्वाचन अधिकृत रितु राईले बताईन ।

त्यस्तै सिञ्जा गाउँपालिकामा समेत सिसि क्यामरा जडान भईसकेको निर्वाचन अधिकृत कर्णबहादुर महतले बताए ।
त्यसैले पनि स्थानीय प्रशासनले सवै तहमा सिसि क्यामरा जडान गर्न स्थानीय सरकारलाई अनुरोध समेत गरिएको छ । यता मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि सिसि क्यामरा जडान भईसकेको सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिए ।

 

सम्बन्धित समाचार