मतपेटिका सहित निर्वाचन सामग्री मतदान स्थलमा पु¥याईदै

जुम्ला ः मतपेटिका र निर्वाचनका सामग्री मतदान स्थलमा पु¥याईदै छ । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचनका सामग्री सहित स्थलमा गएका हुन ।मतदान अधिकृत र सहायक मततदान अधिकृत सहितका कर्मचारी सामाग्री बोकेर मतदान स्थल तिर निस्केका छन ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाईका अनुसार सिञ्जा क्षेत्रको सवै टोली लागि सकेको र तिलाको ताम्ति क्षेत्रको टोली जाने तयारी भईरहेको छ ।त्यस्तै जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार कनकासुन्दरी गाउँपालिकाको सवै मतदान केन्द्रका मतदान अधिकृतले सामग्री बुझेर लिईसकेका र अन्य पालिकाका बुझ्दै गरिएको छ ।

कनकासुन्दरीको टोली मतदान सामाग्री बुझेर पनि मतदान केन्द्र तिर लागि सकेको छ ।सबै पालिकाका मतदान अधिकृतहरुको टोली सबै सामाग्री बुझेर मंगलबारै सम्बन्धीत ठाउमा पुग्ने छन ।जुम्लामा १०२ मतदान केन्द्रमा २०४ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी खटिएका छन् । यस्तै एक हजार सात सय २१ जना सुरक्षाकर्मी खटिएका छन् ।

 

सम्बन्धित समाचार