यति ऐयरको वेतिथि : समय अगावै जहाँज उडाउदा यात्रु छुटे ,बाँके प्रशासन लेख्यो कारवाही पत्र

जुम्ला ः नेपालगंज देखी जुम्लामा आउने यतिऐयरलाइन्सको जहाँज समय अगाबै उडाउदा यात्रु छुटेका छन । जुम्लाका लागि नेपालगंजबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका ७ जुम्ला निवासी गोविन्दबहादुर महतले छुटेका हुन । उनी अनलाइन टिकट काटेर नेपाल नेपालगंजबाटको काउण्टरमा पुगेका थिए । उनले काटेको जहाजको टिकटमा एक बजे समय तोकिएको थियो । तर जहाँज समय अगाबै जुम्ला उडाएको भन्दै वाँके प्रशासनमा निवेदन दिएका थिए । उनले दिएको निवेदनको सुनुवाइ गर्दै वाँके प्रशासनले कारवाही गर्न नेपाल नागरिक उड्यन प्राधिकरणलाई पत्र काटेको गरेको छ ।

त्यस्तै बाँके जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरण नेपालगंजलाई मंगलबार आवश्यक कारवाही सम्वन्धमा भनि पठाएको पत्र काटेको हो । उक्त पत्रमा भनिएको छ, चन्दननाथ न.पा. ७ जुम्ला बस्ने गोबिन्दबहादुर महतले दिनुभएको निवेदनको दर्ता नम्बर ३८६७ मिति २०७८ वैशाख २७ मा जहाजको टिकट लागायत कागजातको छाँया प्रति यसैसाथ संलग्न गरि आवश्यक कारवाहीको लागि पठाईएको भन्दै आदेश गरिएको छ ।

त्यस्तै निवेदक महतले आफु काठमाण्डौबाट नेपालगंज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङ समेत गरिसके पछि छुटाई दिएको भन्दै बाँके प्रशासनमा आफुले जाँचबुजका लागि निवेदन दिएको बताए ।
टिकटमा एक बजेको समय दिएको छ तर अगाबै जहाँज उडाउदा समस्या भयो उनले भने, । आफु छुटेको बिषय लियर विमानस्थलमा जादा उल्टै कर्मचारीबाट सहयोग नपाएको बताए ।

यता नेपालगंज यतिऐयर लाईन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले मौसमका कारण जहाँज केही चाडो उडाईएको स्वकारे ।
गोविन्दबहादुर महत भने बोडिङ गरेर बाहिर गएकाले छुटेका यात्रुलाई छुटाइएको दुखेको गरे । तर छुटेका यात्रु गोविन्द बहादुर महतले टिकट एक बजे समय तोकिएकाले टिकट काटि सकेको व्यक्तिलाई छोडेर जहाँज उडाउनु चलखेल भएको आरोप लगाए ।
यात्रु महत मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) का कार्यरत व्यक्ति भएको र निर्वाचन पर्यवेक्षकको जिम्मा लिई जुम्ला जादै गरेको प्रशासनलाई दिएको निवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार