जुम्लामा निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

जुम्ला ःजिल्ला प्रशासन कार्यालय जुम्लाले निर्वाचन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागी प्रशासनले राजनीतिक दलसहितको सर्वपक्षीय छलफलपछि मदिरा बिक्रबितरणमा प्रतिबन्ध लागाईयको हो ।

मदिरा सेवनका कारण एक आपसमा झड्ब हुने भएकाले जुम्लाका आठ वटै स्थानीयतहमा जिल्ला प्रशासनले मदिरा बिक्रबितरण निषेधित गरिएको जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन । उनले भनिन,‘ निर्वाचनलाइ लक्षित गरी सुरक्षा निकायका प्रमुख , जिल्लास्थित सबै दलका प्रमुख÷प्रतिनिधिहरुको उपस्थितिमा भएको छलफलबाट प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो । साहयक प्रजिअ रिजालले निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको बताइन ।

त्यस्तै सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन, निषेधित समयमा मदिराको कारोबार तथा सेवन नगर्न जिल्लाबासीमा अपिल समते गरेको छ । जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ“आम सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी कोही कसैप्रति लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, निर्वाचनविरोधी सन्देश प्रवाह गर्नेजस्ता अवाञ्छित गतिविधिहरु नगर्न÷नगराउन र प्रचलित कानून एवं निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि भएमा कानुनी कारबाही गरिने बताइएको छ ।

सम्बन्धित समाचार