जुम्लामा माओबादी केन्द्रले बनायो,दलित समुदायबाट उपप्रमुखमा दुई उम्मेदवार

जुम्ला :  यहि वैशाख ३० गते सम्मन्न हुने स्थानीय तहको निर्वाचनको उपप्रमुखमा दलित समुदायबाट दुई जना महिला मात्रै उम्मेदवारमा बनेका छन ।राजनीतिक परिवेशमा दलहरुले समाबेसीका नारा घन्काएपनि यहाँका ८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाईएको को हो ।

त्यस्तै जुम्लामा १४ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिए पनि नेकपा माओवादी केन्द्रले मात्रैच न्दननाथ नगरपालिकाको उपप्रमुखमा पूणिमा विक र हिमा गाउँपालिका उपप्रमुखमा कल्पना परियारलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेपाली काँग्रेस, एमाले, समाजवादी, नेमकिपा, राप्रपा, जसपालगायत अरु कुनै पनि राजनीतिक दलहरुले प्रमुख उपप्रमुख पदको उम्मेदवार नबनाएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम नेपालीले बताए । उनले भने, यस पटकको स्थानीय तहको निर्वाचनमा पनि राजनीतिक दलहरुले समावेशी नारा नारामै सिमित बनाएको छ ।
स्थानीय तहको प्रमुखमा कुनै पनि राजनीतिक दलले उम्मेदवार बनाउन सकेनन् । माओवादी केन्द्रले मात्रै चन्दननाथ र हिमा गाउँपालिकाको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाएको हो ।

त्यस्तै नगर उपप्रमुख पदकी उम्मेदवार पूर्णिमा विकले २०५७ सालमा माओवादी जनयूद्धमा होमिएको बताइन ।उनले भनिन् मेरो राजनीतिक त्यतिबेला देखि सुरु भएको हो । माओबादी केन्द्रको कर्णाली प्रदेश कमिट सदस्यसमेत रहेकी विकले कानुनी रूपमा जस्तो व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशी राजनीतिको मर्मप्रति जिम्मेवार नदेखिएको बताइन ।

देशभर महिला तथा दलित समुदायलाई मुख्य पदमा उम्मेदवार बनाउन मुख्य दलहरुले आनाकानी गरेका बेला माओवादी पार्टीले आफूलाई विश्वास गरेर उपप्रमुख पदको उम्मेदवार बनाएको हो । उहाँले महिला तथा दलित समुदायको आवाज उठाउने प्रतिवद्धता जनाइन ।उनले भनिन, मेरो उम्मेदवारी चन्दननाथ नगरपालिकाको समग्र विकासका लागि हो ।

नगरवासीमा बसोबास गर्ने दलित र बिपन्न नागरिकले भोगेका समस्याहरू समाधान गर्दै यहाँका नगरवासीको सेवा गर्नका लागी हो । म एक युवा हुँ । दलित महिला हुँ । मसँग आफ्नो नगरपालिका बनाउने योजनाहरू छन् । काम गर्ने उत्साह छ । मलाइे पैसा कमाउनु छैन नागरिकको सेवा गर्ने ठुलो इच्छा छ । मेरो मुख्य मुर्दा महिला र दलितका मुक्तीका लागी हुने छ । त्यसका लागि मैले उम्मेदवारी दिएकी हुँ ।

त्यस्तै हिमा गाउँपालिका उपप्रमुख पदकी उम्मेदवार कल्पना परियार यसअघि जिल्ला समन्य समिति जुम्लाकी सदस्य पनि हुन् । दलित समुदायलाई गैरदलित समुदायले नै अवसरबाट बञ्चित गरी पछीपर्ने गरेको छ ।उनले भनिन् यस पटक माओवादी केन्द्र पार्टीले हिमा गाउँपालिका उपप्रमुख पदको उम्मेदवार बनाएर जिम्मेवारी बनाएको छ ।निर्वाचित भएपछि दलितले पनि अवसर पाएपछि काम गर्न सक्ने रहने छन् भनेर सवैले देख्न सक्ने गरी काम गर्नुछ ।

 

सम्बन्धित समाचार