मेरो उम्मेदवारी पैसा कमाउन होइन जनताको सेवा गर्न हो : उपमेयरका उम्मेदवार बिक

जुम्ला: यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओबादी केन्द्रबाट चन्दननाथ नगरपालिकाको उपमेयर पदका लागी पुर्णिमा बिक (रचना )ले आफ्नो उम्मेदवारी दिइएकी छन । उनी २०५७ सालमा माओवादी जनयूद्धमा होमिएकी थिइन । उनी यस अघि दलित मुक्ति मार्चाको केन्दीय सदस्य थिइन । अहिले उनी माओबादी केन्द्रको कर्णाली प्रदेश कमिट सदस्य हुन । चन्दननाथ नगरपालिकाका उपमेयरका उम्मेदवार पुणिमा बिक संग चुनावी बिषय बस्तु केन्द्रीत रहेर पत्रकार दिलमाया शाहीले गरेको कुराकानी ः
पुणिमा जि तपाईंले उपमेरपदमा उम्मेदवारी किन ?
मेरो उम्मेदवारी चन्दननाथ नगरपालिकाको समग्र विकासका लागि हो । नगरवासीमा बसोबास गर्ने दलित र बिपन्न नागरिकले भोगेका समस्याहरू समाधान गर्दै यहाँका नगरवासीको सेवा गर्नका लागी हो । म एक युवा हुँ । दलित महिला हुँ । मसँग आफ्नो नगरपालिका बनाउने योजनाहरू छन् । काम गर्ने उत्साह छ । मलाइे पैसा कमाउनु छैन नागरिकको सेवा गर्ने ठुलो इच्छा छ । मेरो मुख्य मुर्दा महिला र दलितका मुक्तीका लागी हुने छ । त्यसका लागि मैले उम्मेदवारी दिएकी हुँ ।

तपाईंका अजेन्डाहरू केके छन ?
मुख्य अजेन्डाहरु बिपन्न महिलालाई रोजगारी , बालविाहा न्युनिकरण , छाउपडी प्रथा अन्त्ये , शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी नै हुन् । यी विषयमा नगरबासीको पहुँच पु¥याउने हो । सहज स्वास्थ्य सेवा दिने, गुणस्तरीय शिक्षा दिने र शुद्ध खानेपानीको व्यवस्था गर्ने हो । ठूला–ठूला भाषण गर्न सक्दिन बिपन्न वर्गको समस्यालाई समाधान गर्ने योजना छ ।
यी योजना पुरा गर्न के–के छन् त कार्यक्रम ?

हाम्रो नगरमा धेरे बस्ती दलितहरुको छ । उनीहरुको प्राविधिक तथा व्यवसायिक शिक्षाको अभाव छ । त्यसका लागि हामीले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेका छौँ । परम्परागत शिक्षण पद्धतिलाई विस्थापन गर्दै प्रविधिमैत्री शिक्षणको अभ्यास गर्नेछौँ । हाम्रो नगरको फोहोर ब्यवस्थापन गरिने छ ।आवश्यकताअनुसार भिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गछौँ । यसबाहेक आम मानिसलाई सहज हुनेगरि महिला मैत्री र अपाङ्गमैत्री नगरको सेवा बनाउने छु । त्यस्तै उनी संग प्रतिस्पर्धा गर्नका लागी नेपाली काँग्रेशको तर्फबाट राम देवी खड्का र नेकपा एकिकृत समाजबादी पाटीको तर्फबाट भिम थापा चुनावी मैदानमा छन्।

सम्बन्धित समाचार