गुठिचौरमा माओवादीका उम्मेदवारको प्रतिवद्धता : माध्यामिक विद्यालयमा नर्सिङ्ग कार्यक्रम संचालन गरिने

जुम्ला :  गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले प्रतिवद्धता सार्वजनिक गरेको छ ।माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढा सहित उम्मेद्वारुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा गुठिचौरको माध्यामिक विद्यालयमा नर्सिङ्ग कार्यक्रम संचालन गरिने बताएका छन । गुठीचौरगाउपालिकामा संञ्चालित माध्यामिक विद्यालयमा नर्सिङ्ग कार्यक्रम संञ्चालन गरिने बताइएको छ ।

त्यस्तै गुठिचौरका भवन मौलिक, भुकम्प प्रतिरोधी, अपांग तथा पर्यावरणमैत्रीमा जोड दिईने, गुठिचौरमा नमुना शहर र बस्ति विकासको गुरुयोजनाको तयार गरिने प्रतिवद्धतामा उल्लेख छ ।उक्त प्रतिबद्धतामा भनिएको छ ,तिला नदिमा वगिरहेको सेतो सुन, जंगलमा कुहिरहेको हरियो डलर, हावासंगै उडिरहेको नगद र माटोमा विलिन सुनलाई सदुपयोग गर्ने योजना रहेको छ ।

त्यस्तै सभ्य, सुसंस्कृत, सखि. खुसि र समृद्ध समाज निर्माणको यात्राको लागी माओबादी केन्द्रलाई बिजयी गराउन आबश्यक रहेको छ । अघिल्लो कार्यकालमा गुठिचौर गाँउपालिकाले कार्य सम्पादनमा जुम्ला जिल्लाको पहिलो बनेको थियो । जुम्ला जिल्लाकै प्रथम स्थानलाई कायम गरिराख्ने अठोट गरेको गुठीचौर गाउपालिकामा फेरी पनी माओबादी केन्द्रले जित्ने दाबी गरेको छ ।
विद्यालय भवनहरुलाई पक्कि बनाइने

माओबादी केन्द्रले जारी गरेको प्रतिबद्धतामा गाउँपालिका भित्रका सवै विद्यालय भवनहरुलाई पक्कि बनाइने बताइएको छ । त्यस्तै माध्यामिक विद्यालयहरुलाई डिजिटल बनाउनुका साथै हरेक माविमा ईलाईब्रेरी स्थापना गरिनेछ ।
एक घर एक धारा, एक घर एक शौचालय स्थापना गरिनेछ ।

रोजगार युक्त गाउँपालिका २० वर्ष भित्रमा गाउँपालिकामा एक घर अनेक रोजगारको जारी गरिनेछ। रोजगारीका व्यावसायिक अवसरहरु सिर्जना गर्नका लागि रोजगार विशेष कार्यक्रम संचालन गरिनेछ ।उद्यमशिलता प्रवर्धन गर्न गाँउ पालिकाका उद्यमीहरुलाई न्युन ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।  युवाहरुलक्षित स्वरोजगारमुलक तालिम संचालन गरिने छ ।

त्यस्तै गरिव तथा जेहेन्दार यूवाहरुलाई सरकारी सेवा प्रवेश गर्नको लागि लोक सेवा तयारी गर्न अनुदान उपलब्ध गराइने छ। मौलिक तथा पर्यावरणमैत्री भौतिक पुर्वाधारयुक्त गाउँपालिका गुठिचौर बहुउद्देश्यिय परियोजना कार्यान्वयनलाई मुर्तता प्रदान गर्न पहल गरिनेछ । सिमाचौरमा गाउँपालिका स्तरीय रङ्गशाला निर्माण गरिने छ ।

शहिद पार्क निर्माण
एक वडा एक खेल मैदान निर्माण गरिने छ । शहिद पार्क निर्माण कार्यलाई पूर्णता प्रदान गरिने छ । धौलिगाड बृहत खानेपानी आयोजनाको पहुँच सडक निर्माण गरिने छ । त्यस्तै सडक कालोपत्रेको पहल गरिने छ । दानसागु –प्याकुडेवाडा सडकलाई कालोपत्रे बनाउन पहल गरिनेछ । दुइयाँभीर–मुडुरि – गोठिगाउँ सडक निर्माण सम्पन्न गरिने छ । जुम्ला – डोल्पा – मुस्ताङ सडक खण्ड अन्तर्गतको जुम्ला – डोल्पा लोक मार्गलाई स्तरोन्नती गर्न पहल गरिनेछ।
वृद्धाश्रम तथा मनोरन्जन केन्द्र स्थापना गरिने छ । गाँउपालिकाको स्वामित्व हुनेगरी सार्वजनिक यातायात संचालन गरिनेछ । काठेपुललाई विस्थापित गरिने छ ।
सडकमा वृक्षारोपण
स्वच्छ, स्वस्थ र हरित गाउँपालिका गाउँपालिकाका सबै सडकमा वृक्षारोपण गरि हरित सडकको अवधारणाकार्यान्वयन गरिनेछ । सख्खा डाँडालाई हरियाली बनाउन बर्षेनि एक घर ५ रुख रोप्ने निति । ल्याइनेछ। दाउरा उपयोगलाई बिस्थापित गरी खाना पकाउन बिद्युतिय उर्जा प्रयोगमा ल्याई गठिचौर गाँउपालिकाका हरेक घरमा निशुल्क ईन्डक्सन चलो वितरण गरिने छ । वन फडानीलाई अपराध करार गरिनेछ । ड्ड पुर्वाधार विकास निर्माणलाई वातावरण मैत्री बनाइने छ ।
विद्युतीय यातायातकोे प्रयोगलाई जोड
विद्युतीय यातायातको साधनको प्रयोगलाई जोड दिइने छ ।सभ्य, सुसंस्कृत, न्यायिक, समतामुलक, सखि र सम्पन्न समाज ड्ड वेसाहारा, अपहेलित, अपाङ्गता भएका तथा जेष्ठ नागरिकलाई भरपोषणका लागि वृद्धाश्रम तथा मनोरन्जन केन्द्र निर्माण गरिनेछ । ४० वर्ष देखि ६० वर्ष सम्मका एकल पुरुष तथा महिला उपलब्ध गराउदै आएको भत्तालाई निरन्तरता दिइनेछ । दलित तथा विपन्न समुदायको आवासको व्यवस्था गरिने छ ।

शहिद परिवार र घाईते योद्धा राहतस्वरुप मासिक रु १÷१ हजार भत्ताको व्यवस्था गरिने छ । वडा नं १ र वडा नं २ मा सुपथ मुल्यको सहकारी पसल स्थापना गरिनेछ । आत्मसम्मानपुर्वक वाँच्न पाउने मौलिक हकको दृढतापुर्वक कार्यान्वयन गरिनेछ।
शोषण र विभेद रहित समाजको निर्माण गरिनेछ । धुम्रपान, मध्यपान, जुवातास जस्ता सामाजिक विकृतिलाई नियन्त्रण गरिने छ ।छुवाछुत, वालबिवाह, बहुविवाह, दाईजो प्रथा, छुई प्रथा जस्त सामाजिक विकृति विसंगतिको अन्त्यका लागि विविध कार्यक्रमहरु संचालन गरिने छ । कृषिको आधुनिकिकरण र व्यावसायिकरण गर्दै सस्तो व्या ऋणको व्यावस्था गरिने छ ।

गुठिचौर गाउँपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुठीचौर माओवादी केन्द्र गाउँपालिका अध्यक्ष लालबहादुर रावतले गाउँपालिकालाई दुई बर्षमा पूर्ण साक्षर गाउँपालिका बनाईने बताए ।
त्यस्तै सरकारी सेवामा छिर्नका लागि लोकसेवा अध्ययन गर्न जेहेन्दार विद्यार्थीलाई अनुदान दिईने, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा डाक्टर, पाईलट र ईन्जिनियरमा छात्रबृत्ति दिन, गुठिचौरमा १५ शैयाको अस्पताल निर्माण गर्ने, गुठिचौर बहुउद्देश्यि परियोजनालाई मुर्तता दिन पहल गरिने बताईएको छ ।

प्रतिवद्धता पत्रमा गुठिचौर गाउँपालिकाको धितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्याम्पसहरु स्थापना गरिने, बहुप्राविधिक शिक्षालयको स्थापना गरिने बताएको छ । प्रतिवद्धतापत्रमा ६।६ महिनामा नियमित स्वास्थ्य परीक्षण गरिनेछ ।
प्रतिवद्धता पत्रमा अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारीले अघिल्लो ५ बर्ष विकासको केही आधार पुरा भएकाले पुरा गर्न एक पटक फेरी गुठिचौरवासीले माओवादीलाई बिजय गराउन अनुरोध गरे ।प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले गुठिचौर माओवादीको किल्ला यथावत हुने बताए । उनले गुठिचौर कुनै पनि हालतमा माओवादी वाहेक अरुले विकास गर्न नसक्ने बताउदै यो बर्ष गुडिचौर जिल्लाको उत्कृष्ट भएको दाबी गरे ।

त्यस्तै प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले गुठिचौरमा माओवादीको किल्ला यथावत हुने बताए । उनले गुठिचौर कुनै पनि हालतमा माओवादी वाहेक गुठिचौरमा अरुले विकास गर्न नसक्ने बताउदै यो बर्ष गुडिचौर जिल्लाको उत्कृष्ट भयो अव माओवादीले जितेमा प्रदेशकै उत्कृष्ट पालिका हुनेमा ढुक्क रहेको बताए ।

त्यस्तै गुठिचौरमा माओवादीले २०७४ स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारी र उपाध्यक्षमा जानदेवी ऐडि बिजयी हुनु भएकाे थियाे। यस पटक माओवादीले भण्डारीलाई फेरी अध्यक्षको उम्मेदवार र राजकन्या बुढालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

 

 

सम्बन्धित समाचार