महिला र दलित मुक्तिका लागी आवाज उठाउँछु : उपमेयर पदका उम्मेदवार पुणिमा बिक

जुम्ला  : यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओबादी केन्द्रबाट चन्दननाथ नगरपालिकाको उपमेयर पदका लागी पुर्णिमा बिक (रचना )ले आफ्नो उम्मेदवारी दिइएकी छन । उनले महिला र दलित मुक्तिको लागी आफ्नो उम्मेदवारी रहेको बताइन । उनले भनिन,‘ महिला दलित लगायत समावेशी राजनीतिको अनुहार कोर्नको लागी मेरो उम्मेदवारी हो । उनी २०५७ सालमा माओवादी जनयूद्धमा होमिएकी थिइन । उनले भनिन् आफ्नो मुख्य मुर्दा महिला र दलितका लागी हुने छ । उनी यस अघि दलित मुक्ति मार्चाको केन्दीय सदस्य थिइन । अहिले उनी माओबादी केन्द्रको कर्णाली प्रदेश कमिट सदस्य हुन ।

त्यस्तै कानुनी रूपमा जस्तो व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशी राजनीतिको मर्मप्रति जिम्मेवार नहुँदा अघिल्लो स्थानीय तहमा जस्तै यसपाला पनि देशैभर दलित महिलाको नेतित्वतहमा उम्मेदवारी छैन ।
उनले भनिन, यस पटक पार्टीले म महिलाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने छु । यस कारण नगरवासीले आफुलाई मत दिने आशा र अनुरोध पनि गर्दछु, ।

देशभर महिलालाई मुख्य पदमा उम्मेदवार बनाउन मुख्य दलहरुले आनाकानी गरेका बेला पार्टीले आफूलाई विश्वास गरेर उपमेयरको लागी टिकट दिइएको बताइन ।जनयुद्धमै होमिएकी उनी आफ्नो सामाजिक काम गर्ने चाहना भएका कारण यो पदमा उम्मेदवारी दिएको बताउछिन । उनले आफूले महिलाका लागि दतित वर्गका लागी आवाज उठाउने प्रतिवद्धता जनाइन्।

त्यस्तै उनी संग प्रतिस्पर्धा गर्नका लागी नेपाली काँग्रेशको तर्फबाट राम देवी खड्का र नेकपा एकिकृत समाजबादी पाटीको तर्फबाट भिम थापा चुनावी मैदानमा छन्।

 

सम्बन्धित समाचार