जुम्ला ः जुम्लाका अति संम्वेदनशील मतदान स्थलका मतपेटि ल्याउन हेलिकोप्टरको माग गरिएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ ।
जस मध्ये ४१ वटा मतदान स्थल अति संम्वेदनशील छन । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुरक्षाको दृष्किोणबाट ७९ मतदान स्थलहरूमध्ये ४१ ओटा मतदान स्थललाई अति सम्वेदनशील, १५ ओटा मतदान स्थललाई सम्वेदनशील र २३ ओटा मतदान स्थल सामान्य रहेको बताए । उनले यसलाई कसरी सुरक्षाको प्रवन्ध मिलाउने भन्ने बिषयमा तयारी भईसकेको छ । यति मात्र होईन दुरीको हिसावले टाढा भएको तिला गाउँपालिकाको खोप्री सहित चार स्थान टाढा रहेका छन् ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजय प्रसाईका अनुसार सुरक्षा निकायलाई मतदान गरेर सकाउन मात्रै चिन्ता छैन । मतदान पछि स्थानीय तहको निर्वाचन कार्यालयमा मतपेटिएका पुरयाउने, गणना सहित अन्तिम कार्यसम्म सुरक्षा प्रवन्धको बिषयमा जिल्ला सुरक्षा समितिले योजना बनाएको बताइन । तर ५ देखी ७ घण्टा लाग्ने खोप्री बाट मत पेटिका ल्याउन हेलिकोप्टर आवश्यक देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले जिल्ला स्थित राजनैतिक दलहरुको निर्वाचन स्वच्छ र भयरहित बनाउने बिषयको वैठकमा खोप्री जस्ता जोखिम स्थानमा हेलिकोप्टरका लागि पहल गर्न राजनैतिकदलको तर्फबाट पनि पहल गर्न अनुरोध गरिन । उनले प्रदेश स्तरीय वैठकमा समेत खोप्रीमा हेलिकोप्टरको आवश्यक रहेको छ ।
त्यस्तै प्रहरी नायव उपरीक्षक चन्द्धका अनुसार तिला गाउँपालिका ९ स्थित नैनादेवी आधारभुत विद्यालय खोप्रीमा मानेचौरबाट हिडेर ६ देखी ७ घण्टा लाग्ने छ । त्यहाँबाट मतपेटिका तिलामा ल्याई पुग्न करिब ८ देखी ९ घण्टा लाग्ने भएकाले ध्यान दिन जरुरी रहेको छ ।
यस्तै तिला ९ कै ज्योति मा.वि राँसामालापानी र प्रस्तावित मा.वि. ढिपु पनि करिब तिला गाउँपालिकाबाट ६ घण्टा टाढा रहेको छ । यस्तै कनकासुन्दरीको मर्फानमा कनकासुन्दरीबाट ३ घण्टा लाग्ने अनुमान गरिएको छ ।
यस्तै जिल्लाभरमा मतगणनास्थल वा पालिका केन्द्रमा १ देखी ३ घण्टा लाग्ने धेरै स्थान छन् तर तिला ९ खोप्रीको नदैदेवी आधारभुत विद्यालयको मतदान केन्द्र जिल्लाकै सवैभन्दा टाढा रहेको छ ।
स्थानीयतहका मतदान स्थल
चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा, हिमा गाउँपालिकामा मतदान स्थल ९ वटा र मतदान केन्द्र ११ वटा कनकासुन्दरी गाउँपालिकामा मतदान स्थल १४ वटा र मतदान केन्द्र १५ वटा गुठिचौर गाउँपालिकामा मतदान स्थल ८ वटा र मतदान केन्द्र ९ वटा तातोपानी गाउँपालिका मतदान स्थल ९ वटा र मतदान केन्द्र १३ वटा, तिला गाउँपालिका १२ वटा र मतदान केन्द्र १३ वटा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पातारासी गाउँपालिका मतदान स्थल १० वटा र मतदान केन्द्र १३ वटा रहेको छ । सिंजा गाउँपालिका मतदान स्थल ७ वटा र मतदान केन्द्र १३ वटा रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।