जुम्ला ः जुम्लामा एभरेष्ट ईन्टरनेटको फाईवर सेवा सुचारु भएको छ । यस अघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लीले वारलेस सेवा दिदै आएकोमा तत्कारल फाईवर सेवा शुरुवात गरेको हो । एभरेष्ट नेटवर्क प्रा.लीका सञ्चालक बसन्त वलीले जुम्लामा फाईवर (तारयूक्त) सेवा शुरु गरेको बताए ।उनले भने,‘जुम्लामा फाईवर ईन्टरनेट संचालनका लागि जुम्लामा ६ जनाको प्राविधिक टोली खटिएको छ । सञ्चालक वलीका अनुसार वारलेस सेवा राम्रो भएपछि ग्राहकको माग अनुसार फाईवर सेवा समेत शुरु भएको दावी गरिएको बताए ।
एभरेन्ट ईन्टरनेटले कर्णाली, सुदुरपश्चिम सहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा जडान गरिएको छ । यसलाई देशभर बिस्तार गरिने तयारी भएको छ । एभरेष्टको ईन्टरनेटले केही सजिलो भएको ग्राहकहरु सेवा प्रीत सन्तुष्ट छन ।
त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले एभरेष्टले दिइएको सेवा प्रभावकारी भएको बताए । उनले अरु ईन्टरनेटको तुलनामा यसको सेवा केही फाष्ट रहेको छ । यसले गर्दा संञ्चारकर्मीलाई समाचार पठाउन केही राहात भएको छ ।
त्यस्तै ईन्टरनेट सेवा छिटो नहुदा जुम्लामा दैनिक सरकारी कामकाजमा अझै हैरान भईरहेको छ । नेपाल टेलिकमले दिने एडिएसएल लिजलाइन , जस्ता ईन्टरनेट सेवा स्तरबृद्धि नहुदा समस्या भयरहेको बेला एभरेष्ट ईन्टरनेटको फाईवर सेवाले बजार लिने देखिएको छ ।