जुम्लामा बैशाख ३०को निर्वाचनको लागी ७६ हजार मतपत्र पुग्यो

जुम्ला ः यहि बैशाख ३०मा हुने निर्वाचनको लागी जुम्लामा मतपत्र आईपुगेको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार जुम्लाका ७६ हजार मतपत्र जुम्ला आईपुगेका हुन।मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आईपुगेको छ ।उनका अनुसार १ सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आईपुगेको छ ।

उनले भने,‘अव केही दिन पछि मतदान केन्द्रमा निर्वाचनमा खटिने कर्मचारी र मतपत्र प्याकिङ समेत भईरहेको छ ।,उनले भने,निर्वाचन अधिकृत सँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भएपनि १० हजार मतपत्र बढि आएको छ ।

मतपत्र भने नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धीत मतदान स्थल सम्म स्थलमार्गबाट जुम्ला पुरयाएको छ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याई मुख्य निर्वाचन कार्यालयमा बुझाईएको छ ।

जुम्लाको जम्मा मतदाता संख्या ६७ हजार ७स ४४
त्यस्तै जुम्लाको जम्मा मतदाता संख्या ६७ हजार ७स ४४ रहेको छ । पुरुष ३५ हजार २७३ जना र महिला ३२ हजार ४सय ७१ जनाको मतदाता नामावली रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।
यहाँका एक नगरपालिका र सात गाउँपालिका मध्ये सवैभन्दा बढी मतदाता संख्या चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको छ । जसमा पुरुष ५ हजार ८४७ जना र महिला ५९७३ रहेको प्रमुख शर्माले जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा रहेको जनाएको छ ।

यस्तै सवैभन्दा कम मतदाता नामावली संख्या हिमा गाउँपालिकामा ६ हजार २८७ रहेको छ । जसमा पुरुष ३ हजार २८२ जना र महिला ३ हजार ५ जना रहेको जनाएको छ । मतदान स्थल ९ वटा र मतदान केन्द्र ११ वटा रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै जादा पछिल्लो समय निर्वाचन कार्यालयहरुले तालिका अनुसार आ आफ्नो काम गरिरहेका छन् । चन्दननाथ नगरपालिकामा ७ जना प्रमुखको पद र ५ जना उपप्रमुखको पदमा अन्तिम उम्मेदवारको रुपमा रहेका मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार