जुम्ला : नेकपा आमोबादी केन्द्र बाट सिजागाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका पुर्ण प्रसाद धिताल एक अब्बल उम्मेदवार हुन ।उनले लामो समय शिक्षा क्षेत्रमा काम गरिसकेका छन। राजनितिक शास्त्र र समाज शास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका उनी सिजा सभ्यता संरक्षण,‘युवालाई रोजगारी स्थानीय उत्पादन बृद्धी शिक्षा ,स्वाथ्य लगायतका क्षेत्र पहिलो प्रथामिकता हुने बताउँ छन ।
तपाईको उम्मेदवारी किन ?
जनताको घरदैलोमा विकास पु¥याउन ,जन्ताको आबश्यता अनुसार सेवा दिनका लागी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार बनेको छु । धितालले आफूलाई सक्षम नेतृत्वको रुपमा उभ्याएका उनले जनताका आशा र विकासप्रतिको तिब्र भोग मेटाउनकै लागी आफू जित्ने जन्ताले जिताउने दाबी गरे ।
हरेक स्थानीय तहसँग थुप्रै अलमलहरु छन धितालले भने, संघीयता कार्यान्वयनका थुप्रै कठिनाइहरु पनी छन ।
यी चुनौती संग लड्न पहाड बनेर म उभिएको छु । किनकी उनी पहिला असल शिक्षक हुन ।उनी जनताको अब्बल र सक्षम जनप्रतिनिधि बन्ने छन । ‘शिक्षा, स्वास्थ्यलगायतका अत्यावश्यक कुरामा भएका बाधा अड्चन फुकाउनलाई कुनै कसुर बाँकी राख्ने छ्रैनन भन्ने कुरामा सिजाली जनता बिश्वस्त छन ।
,’उनले भने,‘आफु निर्वाचित भएपछि आफुले जितेको स्थानीय तहमा जनतालाई प्रत्यक्ष रुपमा सेवा दिने गाउँमा साँचिकै, गाउँमा सरकार आएको महसुश गराउने प्रतिबद्धता छ ।उनको दृध संकल्प भनेकै जनताको आशा र अपेक्षालाई अपेक्षित भरोसामा बदल्नु हो। त्यसले सिजागाउँपालिकाका तमाम जनताका मुहारहरुमा खुसीका किरणले उज्यालो बनाउन सक्ने आफुलाई सक्षम उम्मेदवार ठाँनेको छु । धितालले भने,जनताको आधारभूत आवश्यकतालाई ख्याल गरेर आगाडी बढ्ने छु ।
भौगोलिक कठिनाइ भएको सिजागाउँपालिकामा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा गुनासो गर्ने ठाउँ नराखी विकास गर्ने छु। आफुलाई भोट दियर बिजय गराउने जन्ताका अधुरा काम गर्ने र नयाँ विकासको ढोका खोल्नलाई आफू सक्षम उम्मेदवार भएको उनले बताए ।