जुम्लामा आगलागीबाट चार बालवालिकाको मुत्यु
जुम्ला ः जुम्लाको सार्कीवाडामा भएको आगलागबाट चारजना बालवालिकाको मुत्यु भएको छ । तिलागाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको घरमा आगलागी हुदा चारजना वालवालिकाको जलेर मुत्यु भएको हो ।
जुम्लाको तिला गाउँपालिका–३ सार्कीवाडामा रहेको मानसिहं नेपाली तिनतलाको घरमा शुक्रबार राती आगलागी भएको हो । आगलागाी पीडित मानसिहं सार्की १४ वर्षकी भान्जि तुलसा सार्की ,११ वर्षकी छारी अनु सार्की ,३ वर्षकी छोरी दर्शना सार्की र एक वर्षको छोरा दिपेश सार्कीको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार आगलागीकाबाट ४वटा मानविय क्षेती भएको छ ,। तिनतलाको घर जलेर नष्ट भएको छ ।
तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिंह सार्किको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार वालवालिकाको मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक भुवन भट्टका अनुसार मृत्यू हुनेमा आगलागी पीडित सार्कीका एक छोरा, दुई छोरी र एक जना भान्जी रहेका छन । मानसिंह सार्की र निजकी श्रमिति फागुनी सार्की, वहिनी रुन्चकली सार्की समेत वेहोस भएका छन । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईे छ ।
त्यस्तै आगलागि नियन्त्रणका लागि भने मध्यरात प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द सहित नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना ,र त्यहाका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दुरीको टाढामा रहेको पर्ने सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन । प्रहरी निरिक्षक भुवन भट्टले भने, आगो के कसरी लाग्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको छ । त्यहाका स्थानीय जयलाल कठायतका राति ११ः२० बजे तिर आगलागी भएको थियो । जिल्ला प्रहरीलाई भने राति ११ः४५ बजे आगलागी भएको जानकारी आएको थियो । आगलागी बाट तिनतलाको घर लत्ता कपडा ,अन्नपात लगाय सबै सामान जलेर नष्ट भएको छ । क्षेतीको एकिन विवरण आउन बाँकी छ ।








