जुम्लाको तिला गाउँपालिका–३ सार्कीवाडामा आगलागी

जुम्ला ः जुम्लाको तिला सार्कीवाडामा आगलागी भएको छ । जुम्लाको तिला गाउँपालिका–३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तिनतलाको घरमा शुक्रबार राती एक घरमा आगलागी भएको हो । स्थानीय मानसिंह सार्कीको घरमा आगलागी भएको प्रारम्भिक सूचना जिल्ला प्रहरी कार्यालय जुम्लामा आएको छ ।

सोही सूचनाको आधारमा मध्यरात भएपनि प्रहरी घटनास्थलतर्फ लागेको छ जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रमुख नरेन्द्र चन्दले बताए । आगलागी भएको घरभित्रै मानिसिहं सर्कीको दुइ छोरी र एक छोरा र एक जना भान्जि नाता पर्ने गरी चार जना भित्र थुनिएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

राती ११ बजेर २० मिनेट जाँदा आगलागी स्थानीय जयलाल कठायतले बताए । आगलागीबाट केही मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएपनि प्रहरी घटनास्थल पुगेपछि विस्तृत विवरण प्राप्त हुने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनास्थलबाट आगलागीका केही विभत्स तस्बिर प्राप्त भएका पनि प्रहरी कार्यालयका केही प्रहरी अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार