म्यादी प्रहरीका लागि जुम्लामा २ हजार २सय ८५ जनाको आवेदन

जुम्ला ःजुम्लामा म्यादी प्रहरीको लागी खुलेको आवेदनमा २ हजार २ सय ८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचन लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रियाको लागी दरखास्त आह्वान गरिएको थियो ।
म्यादी प्रहरीको लागी ५ सय ३१ जना महिला र १७ सय ५४ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए । उनले भने,‘जुम्लाका लागि ७ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो । तर यहा २ हजार २ सय ८५ जनाको दरखास्त परेको छ । उनका अनुसार म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुईचो लागेको छ । यहि १३ गते सम्पर्क मिति रहेको छ। २२ गते भित्र अन्तिम नतिजा निकाल्नु प पर्ने छ ।

प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले भने,“छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष भन्दा माथी र ५४ वर्ष भन्दा तलाका नागरिकले दरखास्त दिन पाउने छन। उनले भने,‘पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइने छ ।

आगामी निर्वाचन लाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हने प्रहरी जवान हस्त बहादुर बुढा मगरले बताए ।।त्यसका लागि मासिक ३० हजार २सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार २ सय ,पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बीमा सुविधा समेत उपलब्ध गराइने व्यवस्था गरिएको प्रहरी निरिक्षक युवन चौधरीले बताए । म्यादी प्रहरीको लागी जुम्लामा ५३ वर्ष उम्मेर सम्मका पुरुष र ३५ वर्ष सम्मका महिलाले दरखास्त दिएको प्रहरी निरीक्षक चौधरीले बताए ।

सम्बन्धित समाचार