कर्णालीका पाँच जिल्लामा एम्बुलेन्स र चार जिल्लामा शव वाहन,जुम्ला र मुगुुलाई उपेक्षामा

जुम्ला ः मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो समयमा प्रदेश सरकारका कामको बिषयमा गराएका छन ।मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमा सरकार कोरोनाको १९ तेस्रो लहरसँग जुध्नुपर्ने परिस्थितिको बारेमा जानकारी गराइएको हो ।
मुख्यमन्त्री शाहीले हाल सम्म कर्णालीमा कुल जनसंख्याको ४५.५ प्रतिशत र पूर्ण खोप ३३.६ प्रतिशतले लगाएको बताए ।.उनले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा कर्णाली सरकारले तेस्रो भेरियन्ट ओमिक्रनको असर न्यूनिकरण गर्नका लागि पिसिएमसिको वैठकबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुममा एम्बुलेन्स खरिद गर्न रु २० लाखको दरले र दैलेख, कालिकोट, सल्यान र रुकुममा शव वाहन खरिद गर्न रु १२ लाखको दरले रकम बिनियोजन गरि पठाईएको बताए ।
तर जुम्ला र मुगु जिल्लाको लागी शबवाहन खरिदको बजेको ब्यवस्था गरेको छैन । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जुम्ला र मुगुलाई शव वाहन एम्बुलेन्स छुटाइएको प्रति ध्यानाकर्षण गराए । उनले भने जहा आबश्यकता बढी त्यहि शबवाहन र एम्बुलेन्स बजेटको ब्यवस्था नगर्नु दुखत कुरा भएको बताए । मुख्यमन्त्री शाहीले भने जुम्लाको लागी शव वाहन र एम्बुलेन्सको माग नआएको र तत्काल माग आएमा तुरुन्तै निर्णय गर्न सकिने जफाब दिए ।
तर विगतका वर्षमा जुम्लाको लागी बशवाहन आबश्यक भएको भन्दै प्रशासनको बैठकमा पटक पटक निर्णय गरेर केन्द्र र प्रदेश सरकारलाई एम्वुलेन्स र शव वाहन माग गर्दैैै आएको छ । यसैगरी मुगुमा पनि शववाहन छैन् । शव वाहन नहुदा सार्वजनिक गाडिमा असहज र महंगो भडा तिनुपर्ने स्थानीयको वाध्यता रहेको छ ।

मुख्यमन्त्री शाहीले पत्रकार भेटघाटमा कोरोना न्यूनिकरणका लागि प्रदेश अस्पताल सुर्खेतको ३८ लाखको अनलाईन यूपिएस सिस्टम २ करोडको आवश्यक मेशीनरी सामान खरिदका लागि प्रदेश अस्पतालमा पठाईएको बताए ।उनले कर्णालीमा रहेका ६६ वटा सामुदायिक स्वास्थ्य ईकाइहरुको लागि ५ लाखका दरले तीन करोड ३० लाख पठाईएको छ ।
प्रदेश सरकारले कर्णालीका विभिन्न आठ स्थानमा अक्सिजन प्लान्ट स्थापना गरिएको बताएको छ । यसैगरी उपचारका जिल्ला वाहिरबाट सुर्खेत आउने नागरिकका लागि कर्णाली कर्णाली नागरिक अतिथिगृह निर्माणको काम अगाडि बढेको छ ।
त्यस्तै सुर्खेतका वाडि पिडितलाई स्थानीय तहमा करिब करोड स्थानीय तहलाई र छायानाथ नगरपालिका १ गमगडि मुगुमा भएको आगलागी पिडितलाई ६१ लख ८५ हजार रुपैया जिल्ला प्रशासन कार्यालयलाई पठाईएको जानकारी गरिएको छ ।
यसैगरी प्रदेश सरकारका मुख्यमन्त्री शाहीले आफु मुख्यमन्त्री भएबाट सात बटा वैठकका १७ वटा निर्णय भएका र प्रत्यक वुधवार ४ बजे वैठक बस्ने दिए । प्रदेश सरकारको प्रगतिमा राराताल साईकल परिकर्मा मार्गका निर्माणका लागि टेण्डरको सूचना गरिएको, प्रादेशिक जडिवुटि प्रशोधन तथा व्यापार केन्द्रको डिपिआर स्वीकृत आइईई तथा जग्गा प्राप्तिको प्रक्रिया रहेको छ । यसैगरी कर्णाली प्रदेशमै गौरवको आयोजना प्रदेश रंगशाला प्रक्रिया अगाडि बढेको, सो रंगशालामा अन्तराष्ट्रिय स्तरको भलिवल कवर्डहल निर्माण हुदैछ । एक जिल्ला एक फुटवल मैदानका लागि रु एक करोड रुपैयाँ रकम पठाईएको र खेलाडी प्रोत्साहन कार्यक्रम ल्याईएको छ ।
९.५ प्रतिशत बजेट खर्च 
कर्णाली सरकारले यस बर्ष पुस मसान्त सम्म ९.५ प्रतिशत बजेट खर्चको प्रगति देखाएको छ । चालु खर्चतिर १४.७८ र पुजीगत तर्फ ६.०५ प्रतिशत खर्च भएको हो । कर्णाली सरकारले रु तीन अर्व ६४ करोड ६७ लाख ६ हजार ९५२ रहेको छ । प्रदेश सरकारले प्रगति प्रतिशत विगत बर्षहरु भन्दा सन्तोषजनक भएको बताएको छ ।

यसैगरी पत्रकारभेटघाटमा प्रदेश सरकारका मन्त्रालय अन्तरगतका सचिव, प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापा सहित सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । यसैगरी पत्रकारभेटघाटमा प्रदेश सरकारका मन्त्रालय अन्तरगतका सचिव, प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापा सहित सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार