नेपाली सेनाले गर्यो कोरोनाबाट मृत्यु भएकाको शब ब्यवस्थापन गर्ने तरिका प्रदर्शनी


जुम्ला ः नन्दाबक्स गणले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शब ब्यवस्थापन गर्ने तरिका सिकाएको छ । जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले कोरोना बाट मुत्यु भएकाको शब ब्यवस्थापन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएकाले शब ब्यवस्थापन कसरी गरिन्छ भन्ने बारेमा जानकारी दिनका लागी यस्तो कार्य गरिएको हो ।
कोरोना संक्रमाण बाट यदि कसैको मृत्यु भयो भने उक्त शबलाई कसरी ब्यवस्थापन गर्ने भन्ने प्रक्रियाका बारेमा आईतबार नन्दाबक्स गण जुम्लाले नमूना प्रदर्शनी गरेको छ ।नन्दाबक्स गणले सामुदायिक विपद् प्रतिकार्य तालिम अन्तरगत्त उक्त नमूना जुम्लाका सरोकारवाला निकाय बिच प्रदर्शनी गरेको छ ।

भुकम्पीय सचेतना , सुरक्षित संरचना भन्ने मुल नारा रहेको २४ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अबसरमा जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया केमारी प्रसाइ सहित जिल्ला स्थित सरोकारवालाको सहभागितामा प्रर्दशनीमा कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शबलाई कसरी ब्यवस्थापन गर्ने भन्ने प्रक्रियाको बारेमा स्थलगत रुपमा प्रर्दशर्नी गरेर देखाएको नन्दबक्स गणका गणपति रबिन थापाले बताए । उनले भने, बिपद्को समयमा कम क्षेति हुने गरि कसरी सुरक्षित भइन्छ , भन्ने बारेमा सेनाको अभ्यास गराएको हो ।

गणपती थापाले भने,“कोरोनाको संक्रमणबाट मृत्यु भएका ब्यक्तिका कारण अन्य कसैलाई पनि कोरोनाको संक्रमण सर्न नदिनका लागि बिश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड अनुसार ब्यवस्थापन गर्नु पर्ने भएकोले पुर्व तयारीका रुपमा सेनाले यो अभ्यासको प्रर्दशनी गरेको छ ।

उक्त अभ्यासमा कोरोनाबाट मृत्यु भएका ब्यक्तिको आफन्तले शब हेर्न चाहेमा दुई मिटर परै बाट हेर्ने र शबमा मालल्यापन गर्न दिने ब्यवस्था मिलाएको थियो । परिवारको संस्कार अनुसार नै अन्त्येष्टी कार्य गरिने भए पनि तालिम प्राप्त ब्यक्तिहरु सुरक्षाका सामग्री प्रयोग गरेर मात्र शबलाई ब्यवस्थापन गर्ने भएकाले परिवारका मानिसले छुन नपाउने प्रर्दशनीका क्रममा बताइएको थियो ।

भारतका बिभिन्न स्थानबाट नेपाल आउन चाहेका नेपालीहरुलाई नेपाल प्रवेश गराउँदा कसरी ब्यवस्थान गर्ने भन्ने बिषयमा पनि आज नेपालीले अभ्यास सहितको प्रर्दशनी गरेको छ । अभ्यासमा भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई सिमानाकामा नै स्वास्थ्य परिक्षण गरि अवस्थाका आधारमा क्वारेन्टाई र आइशोलेशन वार्डमा पठाउने ब्यवस्था गरिएको थियो ।

त्यस्तै सेनाले देखाएको अभ्यासमा भुकम्प र आग्लागी जस्ता बिपदमा परेका नागरिकलाई सुरक्षित स्थाना मा राख्नेर गासबासको ब्यवस्थापनका लागी स्थानीय सरकारले गरिने सहयोगको बारेमा समेत समेटिएको थियो ।
शव व्यवस्थापनका लागि विश्व स्वास्थ्य सङ्गठनले कार्यविधि बनाएको छ।त्यसैको अनुशरण गरेर नेपाल सरकारले पनि शव व्यवस्थापन कार्यविधि तय गरेको छ। शव व्यवस्थापनमा सघाउनु जनप्रतिधि र सरोकारवालाको पनि दायित्व रहेको हुन्छ ।

सम्बन्धित समाचार