जुम्ला ः नेपाल निजामती कर्मचारी संगठन जुम्लाको अध्यक्षमा गणेश आचार्य चयन भएका छन । आईतबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले आचार्यलाई सर्वसहतिमा चयन गरेको हो ।२१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
अधिवेशनले समितिको उपाध्यक्षमा दर्शन उपाध्याय खुल्ला उपाध्यक्ष ,पद्दमा चौलागाई, महिला उपाध्यक्ष, मदन चौलागाई,सचिव , उषा रावल कोषाध्यक्ष र ,सह–सचिवमा रविन बुढथालाई चयन गरेको छ । ११ औ अधिवेशनले नेकपा ऐमाले निकटको निजामति कर्मचारी संगठनको २१ जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको छ ।
नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष गणेश आचार्यका अनुसार ११ औ अधिवेशनले ४ सदस्यीय केन्द्रीय प्रतिनिधि र ३ सदस्यीय कर्णाली प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।सजमा केन्द्रीय प्रतिनिधिमा मुन प्रसाद खत्री,पद्दमा चौलागाई, धुव्रराज गिरी, मन्दिरनाथ योगि चयन भएका छन ।त्यस्तै कर्णाली प्रदेश प्रतिनिधिमा लक्ष्मण बुढथापा, हर्क महत र लोकेन्द्र पाण्डे चयन भएका हुन ।
नेकपा एमाले निकट कर्मचारी संगठनको जिल्ला कार्यसमित आइतबार चयन भएको छ । आउँदो माघ १४ र १५ गते काठमाडौंमा ११ औं राष्ट्रिय अधिवेशन हुन गईरहेको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत वहादुर शाहीले कर्मचारी संगठनले जनताको लागी उत्कृष्ट सेवा प्रदान गर्न सुझाव दिए । नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध भएका कर्मचारीहरुले अरुको तुलना भन्दा चुस्तदुस्त भएर सेवा दिन उनले आग्रह गरेका हुन । उनले भने,“सुशासन सहितको जनमैत्री सेवा उपलब्ध गराउन अहिलेको आबश्यकता छ ।
त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष गणेश आचार्यले भ्रष्ट्चार रहित सेवा दिने वद्धता गरे ।उनले भने, आफ्नो,माताहातमा रहेको संगठनलाई चुस्त र दुरुस्त बनाउन पहल गर्ने छु । नेपाल निजामति कर्मचारी संगठन पेशागत महासंघका केन्द्रिय सदस्य मुन प्रसाद खत्रीले व्यक्ति विशेषको पछि नलागि संगठनको नितिअनुरुप चल्न आग्रह गरे ।
त्यस्तै अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष धिरज जैसीले संगठनलाई जीवन्त बनाई राख्न सुझाव दिए । उनले संगठनका विरुद्ध धावा बोेल्ने व्यक्तिलाई सजग रहन अनुरोध गरे । नेपाल निजामति कर्मचारी संगठनका पूर्व उपाध्यक्ष एवं स्थापक सदस्य नारायण चौलागाईले राष्ट्र सेवक कर्मचारीले सेवालाइ अवसरका रुपमा प्रयोग गर्न अनुरोध गरे ।
निजामति कर्मचारीले कार्यालय समय सेवाग्राहीलाई नकुराई सेवा दिनु पर्ने प्रतिबद्धता गरेका छन । आधिकारीक ट्रेड युनियन जुम्लाका सहसचिव धुव्रराज गिरीले सहज र सरल तवरको सेवा प्रदान गर्न नेपाल निजामति कर्मचारी संघगठनमा आवद्धहरु सक्रिय हुनु पर्ने बताउनु आबश्यक छ ।राज्यको नीति कार्यान्वयन गर्न बसेका कर्मचारीहरु पेशा प्रति वफदार हुन जरुरी छ ।