प्रेस जगतको सेवा प्रवाह तटस्थ हुनु पर्छ ः मन्त्री जोशी

सुदूरपश्चिम ः सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउने पत्रकारको पेसा मर्यादित हुनु पर्ने बताइन । उनले तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा आयोजित ‘पत्रकार आचारसंहिता तालिम’को उद्घाटन कार्यक्रममा यस्तो बताएकी हुन ।

कानूनमन्त्री जोशीले लोकतन्त्र र संघीय व्यवस्था ल्याउन पत्रकार सञ्चारकर्मीहरुको ठूलो योगदान रहेको बताईन ।उनले भनिन्,“पछिल्लो समयमा सामाजिक सञ्जाल र पत्रकारिता एउटै जस्तो देखिने अवस्थाबाट माथि उठेर काम गर्न अनुरोध गरिन ।उनले थपिन पत्रकारले “आचारसंहिता पालना गर्नु भनेकै मर्यादामा रहेर काम गर्ने हो । त्यो हामी सबैले बुझ्न आबश्यक छ । ” कानूनमन्त्री जोशीले,“ प्रेस जगत विचारमा प्रष्ट भएर सेवा प्रवाह तटस्थ, निष्पक्ष हुन भयो भने प्रेस जगत्प्रति विश्वास बढ्दै जान्छ ।” उनले फरक विचार राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएकोले कोही कसैलाई कसैले निषेध गर्न नहुने बताउँदै उहाँले मर्यादित पत्रकारितमा लाग्न पत्रकारहरुलाई आग्रह गरिन ।

त्यस्तै कार्यक्रममा विज्ञहरुको तर्फबाट प्रशिक्षक यशोदा तिमल्सिनाले पत्रकारिता जगत्मा पनि महिला समानुपातिकता आवश्यक रहेको बताइन । उनले प्राकृतिक अंग महिला पुरुषबीच बाँड्न नसकिएपनि अवसर वितरणमा समानता कायम हुनुपर्ने बताईन । उनले भनिन्,“पछिल्लो समयमा महिलाहरु पनि हरेक काम गर्न सक्षम बन्दै गएको जिकिर गरिन । प्रशिक्षक तिमल्सिनाले पत्रकार आचारसंहिता तालिममा सहभागीहरुलाई सकेसम्म यथेष्ट जानकारी दिलाउने विश्वास व्यक्त गरिन ।

त्यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले राजनीतिक दलमा आवद्ध हुने प्रवृतिले पत्रकारिता क्षेत्रमा चुनौति बढ्दै गएको टिप्पणी गरे ।

दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा विषय विज्ञका रुपमा राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, यशोदा तिमल्सिना, मोहनमन स्वाँर, चित्राङ्ग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिने तुलसादेवी हरिहर फाउण्डेसनका अध्यक्ष सरु सुवेदीले बताईन । उनले भनिन, तुलसादेवी हरिहर फाउण्डेसन सस्थाले पत्रकार आचारसंहिता सम्बन्धीत तालिम मात्रै नभइ हिंसा पीडित महिला तथा वेसारा बालबालिका, र मानसिकरोगी जस्ता समस्या भएका नागरिकको लागी आश्रम दिर्दै आएको बताईन ।