५० प्रतिशत राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै

जुम्ला ः जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेकोे पाइएको छ । चालू आर्थिक वर्षको अहिले सम्म १ सय २५ जना महिलाको नाममा जग्गा पास भएको पाइएको हो । चालु आर्थिक वर्षमा ८ सय ६० वटा लिखत हुँदा त्यसमा १ सय २५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाका सात वटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्टेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र बहादुर रोकायाले बताए । उनले भने ,गाउँपालिका भन्दा नगरपालिका भित्रका महिलाहरुको नाममा बढी जग्गा रजिस्टेशन भएको तथ्याङ्क छ ।

पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजश्व छुट् दिने प्रवधानल्याएपछि महिलाको नाममा जग्गा पास गर्ने प्रबिधि बढेको हो । जग्गा पास गर्दा महिलाको नाममा राजश्व कम लाग्ने भएकाले महिलाको नाममा रजिष्टेशन गर्नेको संख्या बढेको नायब सुब्बा मोन विष्टले बताए ।
नगरपालिका भित्रको महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाको महिलाको नाममा जग्गा रजिष्टेशन भएमा ५० प्रतिशत राजश्वमा छुट हुने गरेको गरेको छ । राजश्वमा छुट हुने भएकाले सम्पतिमा महिलाको पहुँच बढ्दो क्रममा रहेको पाइएको छ ।

कार्यालय प्रमुख भन्छन महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १० लाख ७३ हजार ८ सय ३५ रुपैया राजश्वमा छुट भएको छ । नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिष्टेशन हुँदा ९ लाख ४२ हजार १ सय ६१ र गाउँपालिका भित्रका ५४ जना महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १ लाख ३ हजार राजश्वमा छुट्भएको छ ।
दलित र अपांगता भएका ब्यक्तीलाई २५ प्रतिशत छुट
मालपोत कार्यालयमा जग्गा रजिष्टेशन गर्ने दलित समुदाय र अपांगता भएका ब्यक्तीले राजश्वमा २५ प्रतिशत छुट दिने प्रवधान रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्टेशन हुँदा उनिहरुले २५ प्रतिशत राजश्वमा छुट पाएका छन ् ।
सात वटा गाउँपालिका भित्रका ३१ जना दलित समुदायले आफ्नो नाममा जग्गा रजिष्टेशन गर्दा ३१ हजार २ सय ७३ र नगरपालिका भित्रका १२ जना दलितले जग्गा रजिस्टेशन गर्दा ६० हजार २७ रुपैयाँ राजश्वमा छुट भएको कार्यालय प्रमुख रोकायाले बताए । उनका अनुसार २५ प्रतिशतका दरले जम्मा ९१ हजार ३ सय रुपैयाँ दलित समुदायले राजश्वमा छुट भएको छ ।
उनले भने,“मालमोत कार्यालय जुम्लाको सेवा सुधारन्मुख अवस्थामा रहेको छ । जनशक्ति र उपकरण अभाव झेल्दै आएको मालपोत कार्यालय जुम्लाले सेवा प्रवाहलाई छिटोछरीतो बनाउन तर्फ लागेका छौ । यहि आर्थिक वर्षको हालसम्म ८ सय ३० वटा लिखत (राजीनामा) पास भएको निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले बताए । १ सय २० वटा मोठ कायम भएकोमा घर कायम र दाखा भएको छ । कामको बढी चाप हुने मोठ फाँडमा खरीदार र कम्प्युटर शाखामा अर्पेटरको अभावका बिच पनि सेवा प्रवाहलाई सुदृढ गर्दै आएको रोकायाको दावी छ ।

कार्यालय प्रमुख, खरिदार र कम्प्युटर अर्पेटर रिक्त रहेको भन्दै उहाँले काम गर्नको लागि उपकरणको पनि समस्या रहेको छ । कार्यालयमा इन्टरनेट र कम्प्युटरको समस्या रहेको उनको भनाइ छ ।
कार्यालयमा नायब सुब्बा ३, खरिदार ३, सलेपा १, कम्प्युटर अर्पेटर ३ जना र कार्यालय सहयोगी ४ जना गरी जम्मा १४ जना जनशक्ति रहेको छ । नायब सुब्बा स्तरको कम्प्युटर अर्पेटर पद रिक्त रहेकाले सेवा प्रवाहमा असहज भएको छ । सिंजा गाउँपालिकाले काममा सहजता गर्नको लागि एकजना कम्प्युटर अर्पेटर पठाएको हुनाले अलि सहज भएको उनले बताए ।
३ जना करार कम्प्युटर अर्पेटर मध्ये २ जना कार्यालयका तर्फबाट र १ जना सिंजा गाउँपालिकाले पठाईएको छ । रोकायाका अनुसार कामको बढी चाप हुने मोठ फाँडमा एकजना मात्र खरीखदार भएकाले सेवाग्राहीलाई भनेकै समयमा सेवा दिन नसकिएको हो ।
९९ लाख बढी राजश्व संकलन
यहि चालु आर्थिक वर्षको पहिलो चौमासिक कार्तिक महिनासम्म मालपोत कार्यालय जुम्लाले ९९ लाख ९६ हजार, ५ सय ६१ रुपैयाँ राजश्व संकलन भएको छ ।जग्गा रजिस्टेशन तर्फ ६७ लाख ९० हजार ३ सय १२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख नरेन्द्र वहादुर रोकायाको बताए ।
पुँजीगत लाभकरतर्फ ३१ लाख १८ हजार ८ सय ८३ रुपैयाँ संकलन भएको छ । रोकायाका अनुसार विविध तर्फ ८७ हजार ३ सय ६६ रुपैयाँ राजश्व उठेको छ ।कार्यालयको लक्ष्य भन्दा बढी पहिलो चौमासिकमा राजश्व संकलन भएको पाइएको छ ।
मोठ फाँडमा एकजना मात्रै कर्मचारी
मालपोत कार्यालयक बढी सेवाग्रहीको भिडलाग्ने कर्यालय हो ।त्यस भित्रिकै अझै भिडलागग्ने फँडको मोड फाँड जहा एक जना कर्मचारीको भरमा चलेको छ ।यो फाँडको लागि २ जना कर्मचारी अनिवार्य हुनु पन आबश्यक हो । तर, उक्त फाँडमा कार्यरत खरीदार पूर्णलाल चौलागाई तत्काल सुरुवा भएर कालिकोटको मालपोत कार्यालय गएपछि अहिले उक्त फाँडको जिम्मेवारी देवेन्द्र जीसिले एक जनाले मात्रै सम्हाल्दै आएका छन । मोठफाँडका देवेन्द्र जीसिले भने जुम्लाका साविकका ३० वटा गा.वि.स.को मोठ भिडाउने, रुजु गर्ने, रोक्का, राजीनामा, दाखा, नामसारीको टिप्पणी र अन्य संशोधन टिप्पणी लगायतका सबै काम जीसिले गर्दै आएको छु ।
दुईजना कर्मचारीले गर्नु पर्ने काम एक्लै गर्दा भ्याइनभ्याई भएको जिसिले बताए । जीसिका अनुसार कर्मचारीको अभाव हुँदा कार्यलोड बढी भएको छ । आएका सेवाग्राहीलाई नकुराई काम गर्दा पनि भनेकै समयमा सेवा दिन नसकेको उनले बताए ।