हिउँले बन्द भएको नाग्म गमगडी सडक सुचारु हुर्दै

जुम्ला ः भारी हिमपातका कारण बन्द नाग्म गमगडी सडक सुचारु हुर्दै छ । उक्त सडक खण्ड खुलाउनको लागि डोजर प्रयोग गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । उनले भने डोजर लगाएर हिउँ पन्छाउने कार्य सुरु भएको छ ।

सडकमा बाक्लो हिउँ जमेपछि तीन दिनदेखि नाग्म गमगडी सडकमा सवारीसाधन चल्न सकेका छैन हिमपातले सडक बन्द छ । यातायात ठप्प भएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
नाग्म गमगडी सडकको घुच्ची लेक र भुलभुलेमा बाक्लो हिउँ जमेपछि सडकमा सवारी साधन चल्न नसकेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनले भने सो क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ । नेपालगन्ज सुर्खेतदेखि मुगु जिल्लाको लागि छुटेका सवारीसाधन जुम्लाको गुठिज्युला र कालिकोटको नाग्म बजारमा रोकिएका छन् । ्
प्रमुख जिल्ला अधिकारी महतले भने,“छिटोभन्दा छिटो सडक खुलाउने काम भइराखेको छ । संम्भवत छिटै सडक खुलेर जीवनयापन सहज बनाउने तयारी भइरहेको छ । .
त्यस्तै नाग्म गमगडी सडकको जुम्ला खण्डमा कुनै समस्या नरहेको जुम्लाको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताईन । डोजरले धमाधम काम गरिरहेको छ । एक दुई दिनभित्र खुल्छ । हिउँ परेको क्षेत्र बेलुकासम्म हिउँ फालिसक्ने खबर आइपुगेको छ ।

जुम्लामा खासै हिमपातको कुनै असर परेको छैन । जुम्ला बिमानस्थल सञ्चालनमा आइसकेको छ । अत्यधिक चिसो बढेकोले काम बाहेक बाहिर नहिड्नको लागि सुझाव दिइएको समेत दिएको प्रजिअ प्रसाईले बताइन ।
्नाग्म गममडी सडकमा बर्षा याममा हिलोले निकै सास्ती हुने गरेको यहाँका स्थानीयवासि बताउँछन् । सो सडक स्तरउन्नतीको लागि पटक पटक बजेट आएपनि सुधार हुन सकेको छैन । .

 

 

सम्बन्धित समाचार