माओवादी महाधिवेशनः कम्युनिस्ट सरकार किन जनमुखी हुदैनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औ महाधिवेशन अन्तर्गत आज समुह नेताले रिपोटिङ सुरु गरेका छन् । कयौ समूहको साझा धारणा आएपनि केहिले भने पार्टी ,संगठन, विचार र अमेरिका र भारतलाई हेर्ने दृष्ट्रिकोण बारे प्रश्न उठाएका छन् ।

एक समूहका टोली नेता टंक राईले आफ्नो समुहको रिपोर्टिङ राख्नेक्रममा प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने सुझाव राखेका छन् ।

त्यस्तै २०६२ पछि भएका मधेस आन्दोलनको समिक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताएका छन् । सुझाव पेश गर्ने क्रममा उनले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको बारेमा दस्तावेजमा स्पष्ट रुपमा राख्नु पर्ने बताएका छन् ।

सम्बन्धित समाचार