ट्यूसन पढ्ने बालबालिकालाई मोर्डना खोप लगाइदै

जुम्ला ः जुम्लामा सञ्चालित ट्युसन सेन्टरका बालवालिकालाई मोर्डना खोप लगाइने भएको छ । ट्युसन पढ्न आएका बालबालिकालाई सेन्टरमै पुगेर खोप लागाउने भएको हो । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्यायरत बालबालिकालाई खोप लगाइने चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टर छन । त्यहा अध्यायनरत १२ वर्ष देखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाईने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले बताए ।

उनका अनुसार सोमबार ट्युसन सेन्टरमा अध्यायनरत बालबालिका सहित विद्यालय क्षेत्र भन्दा बाहिर रहेका सबै बाललिकालाई अनिवार्य आगामी पुस २४ गते सम्म मोर्डना खोप लगाइसक्नु पर्ने छ ।
मंगलबार विहान १० बजेदेखि सबै ट्युसन सेन्टरमा गएर खोप लगाइने स्वास्थ्य संयोजक महतको भनाई छ । विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १८ं वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन हुन सबै ट्युसन सेन्टरका संञ्चालकहरुलाई अनुरोध गरिएको छ ।

सरकारले जुम्लाको लागी करिब १३ हजार मोर्डना खोप पठाएको छ । जसमा यहाँका आठ स्थानीयतहमा १२ हजार २ सय ५० डोज खोप वितरण गरिएको छ। भने हाल सम्म ५ हजार ८ सय ६९ जना बालबिलालकाले खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

उनले आगामी पुस २४ गते सम्म अनिवार्य रुपमा खोप लगाएर सकाउने पर्ने भएकोले सबै बालबालिकलाइ खोपको पहुँचमा ल्याउन ट्युसन सेन्टर ,विद्यालयका प्रधानाध्यापक,संचारकर्मी सबैलाई सहयोग गर्न अनुरोध गरे ।
त्यस्तै प्रमुख जिल्ला अधिकरी तथा खोप कार्यक्रमका संयोजक विजयाकुमारी प्रसाईले जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नु पर्ने बताईन । उनले भनिन् निर्धारित समय भित्र लगाइ सक्नु पर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाइ खोपको पहुँचमा ल्याउन योजनागत ढंगबाट अघि बढ्नु पर्ने उल्लेख गरिन ।

जुम्लामा मोर्डना खोप लगाउने राष्ट्यि लक्ष्य १३ हजार बालबालिकाको भएपनि जुम्लाका १ सय ७० वटा सरकारी विद्यालय,नीजि विद्यालयका गरी करिब २० हजारको संख्या आएको छ । संख्यालाई अध्यायन गर्दा विद्यालयहरुले सबै उमेर समुहका विद्यार्थी पठाएको बुझिएको छ । यपदी १२ वर्षदेखि माथि र १८ वर्ष मुनिकालाई मात्र खोप लगाउँदा २० हजारबाट संख्या घट्ने देखिन्छ ।

सम्बन्धित समाचार