नागरिकको सहयोग विना प्रहरी एक्लै सफल हुदैन ः डिएसपी चन्द

जुम्ला ः भर्खरै सरुवा भएर आउनु भएका जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले नागरिकहरुको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताए । उनले जुम्लाको शान्ति सुरक्षा कायम गर्नका लागी आम नागरिकले पनि प्रहरीलाई सहयोग गर्न आबश्यक रहेको बताएका हुन ।

जिल्लाका पत्रकारहरु सङगको कुराकानीमा उनले नागरिक पनि विना वर्दिका प्रहरी भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिएका हुन । उनले प्रहरी भित्र पनि केही कमिकमजोरि रहेको भन्दै त्यसलाई सुधार गर्दै रणनितिक कार्ययोजनाका साथ अघि बढीरहेकोे वताए ।

उनले पछिल्लो समय नेपाल प्रहरी लोकप्रिय बन्दै गएको बताउदै जनताको सुरक्षाको लागि कुनै कसुर बाँकी नराख्ने बताए । उनले भने ,“जुम्लाका २८ वटा प्रहरी युनिटको निरिक्षण गरेको बताए । उनले भने प्रहरी कर्मचारीको मनोबल बढाउन र उनीहरुमा भएका समस्या समधानका लागी निरणन्तर रहेको बताए । प्रहरीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दन्डको ब्यवस्था कडाईका साथ लागू भएको डिएसपी चन्दले बताए । उनका अनुसार यसले प्रहरीलाई थप मर्यादित र अनुशासित बनाउन ठुलो मदत पुगेको छ ।

डिएसपी चन्द जुम्ला पुगेलगत्तै सामाजिक हिंसाका बारेमा सचेताना कार्यक्रम गर्न थालेका थिए । उनले भने सभ्य समाज निमार्णका लागी सबै एक जुटहुनु पर्छ । त्यहि भएर प्रहरी कार्यलयले जुम्लाले बिद्यालयमा साइवर क्राइम सम्बन्धी सचेतना कार्याक्रम गर्दै आएको छ ।साजिक संञ्चालको दुरुप्रयोग गर्दा कानुनमा भएको व्यवस्थाका बारेमा प्रहरीले बिद्यालयस्तरमा जानकारी गराउन थालेको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द बताउछन् । उनले भने, ‘आजकाल मोबाइल, ट्याब, ल्यापटप, सामाजिक सञ्जाल आदि प्रविधिको प्रयोग जीवनको अभिन्न अंग बनेको छ । प्रविधिले व्यक्तिलाई कब्जामा लिइसकेको छ ।

जसका कारण बालबालिकाको ध्यान बिद्यालयतिर भन्दा पनी मोवाइल तिर बढीछ ।’ अहिले त्यहि भएर जुम्लाको प्रहारीले सबै विद्युतीय उपकरणबाट उत्पन्न इलेक्ट्रोम्याग्नेटिक विकिरणले शारीरिक र मानसिक रुपमै असर पु¥याउने तथ्यका बारेमा सचेतनाका कार्याक्रम गरेको हो ।जुम्लामा दिनप्रतिदिन बढ्दै गएका हिंसात्मक गतिबिति रोक्नका लागी प्रहरी मात्रै नाभइ सबै नागरिक जिम्मेवारी हुन आबश्यक छ ।

त्यस्तै जिल्ला प्रहरी कर्यालय जुम्लाले लागुऔषध नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको । यसका लागि योजनानै बनाएर अगाडी बढेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । पछिल्लो समय दैनिक जसो लागुऔषध कारोबारीहरुलाई पक्राउ गर्न थालिएको छ ।

उनी जुम्ला जिल्लामा आएको ४१ औ दिन भएको छ । उनले भने लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (घ) को ४ मा भएको व्यवस्था वमोजिम दुई किलो ग्राम देखि दश किलो ग्राम सम्मको परिमाण भए एक वर्ष देखि ३ वर्ष सम्म कैद र पाँच हजार रुपैया देखी पच्चिस हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

 

सम्बन्धित समाचार