चोरीमा संलग्न जुम्लाका दुई जना पक्राउ

जुम्ला । विभिन्न चोरीका घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मिति र स्थानमा चन्दननाथ नगरपालिका क्षेत्र भित्रका घर तथा पसलमा चोरी गर्ने दुई जना प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपी चोरीमा संलग्न जुम्ला चन्दननाथ नगरपालिका ५ बस्ने वर्ष २७ का कर्ण सुनार र सोही वडा निवासी वर्ष २७ कै चन्द्र नेपाली सार्कीलाई चोरीका सामान सहित पक्राउ गरिएको प्रहरी निरीक्षक यौवनकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार सामान चोर्ने दुई जना सँगै चोरीका सामान खरिद गर्ने अन्य दुई व्यक्तिलाई समेत पक्राउ गरिएको छ । चोरीको सामान खरिद गर्नेमा चन्दननाथ नगरपालिका ६ बस्ने २१ वर्षीय विशाल सुनार र सोही वडा निवासी वर्ष २३ का मनोज सुनार रहेका छन् ।

विभिन्न समयमा डेल र एचपी कम्पन्नीका ल्यापटप दुई थान, गलाई (पगाली) राखेको सुन २ तोला ८९.५ लाल, चाँदीको सिक्री एक थान, चाँदीको सिक्का आठ थान र चोरीमा प्रयोग भएको पेचकस एक थान सहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका हुन् ।

चोरीका घटमा संलग्न व्यक्तिहरूलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक चौधरीको भनाई छ ।

सम्बन्धित समाचार