चोरी मुद्दामा फरार जुम्लाका प्रतिवादी पक्राउ
चोरी मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार, जुम्ला प्रहरीले उक्त व्यक्तिलाई सोमबार बिहान ११ बजेको समयमा पक्राउ गरेको हो ।
जिल्ला अदालत जुम्लाको २०७६ फागुन १३ गतेको फैसलाको आदेशले चोरी मुद्धाका फरार जिल्लाको पातारासी गाँउपालिका–२ वस्ने जिरे भन्ने बिरबहादुर कामीलाई दुई हजार पाँचसय जरिवाना तोकेको थियो ।
त्यसपछि उनी फरारको सूचीमा रहेका थिए भने प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो । उक्त खोजी गर्ने क्रममा बिरबहादुर दुई वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिका–५ कालिखोली सडकखण्डबाट पक्राउ परेका हुन् । प्रहरीले उनलाई पक्राउ गरि जिल्ला अदालत जुम्लामा पुर्याएको जनाएको छ ।








