महिला हिंसा अन्त्यका लागि जुटेका छौँ ः उपाध्यक्ष रोकाया

जुम्ला ःमहिला हिंसा अन्त्यका लागि हिमा गाउपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा हिमा गाउपालिकाले महिलाहरुको बिचमा हिंसा अन्त्ये गर्नका लागी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
संघियता पछि सम्बन्धीत स्थानियतहको उपाध्यक्ष नै न्यायिक समितिको संयोजक भएपछि महिलाकोे गुनासो सुनुवाइ हुने गरेको हिमागाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइन ।
उनले भनिन् लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा गाउँपालिका भरीका नागरिकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । विश्वभरी १६ दिन अभियानको क्रममा विभिन्न कार्यक्रम भइ रहँदा हिमागाउपालिकाले पनी महिला हिंसा अन्त्यका लागी यस्तो कार्यक्रम गरेको हो ।
उपाध्यक्ष रोकायाले घरेलु हिंसाको स्वरुप तथा यसको कानुनी उपचारको विषयमा सहभागीहरुलाई जानकारी गराइन् । उनले घरेलु हिंसाबाट पीडित महिलाहरूको पक्षमा वकालत गर्न आफूहरू सधैँ तयार रहेको बताइन् । उनले थपिन् विभिन्न प्रकारका हिंसा भोगेको कारण महिला दिदि बहिनीहरू अगाडी बढ्न नसकेको भन्दै, यस यसलाई चिर्न आवश्यक छ।
सबै प्रकारका घरेलु हिंसाको अन्त्य घरबाट सुरु गर्नुपर्छ र घरेलु हिंसा रहित समाजको निर्माण गर्नुपर्छुु , उनले भनिन् । उनले आफु जनताको प्रतिनिधि भएकाले घरेलु हिंसाको अन्त्यको लागि प्रतिवद्ध रहेको बताइन ।

त्यस्तै नेकपा माओबादी केन्द्र हिमा गाउपालिकाका इन्चार्ज तथा महिला अधिकारकर्मी लक्ष्मी कन्या बुढाले घरेलु हिंसा अन्त्य गर्न महत्त्वपूर्ण योगदान दिने आबश्यक रहेको बताइन । आफु पनि महिला भएकाले पहुँचबाट टाढा रहेका महिला सशक्तीकरणको लागि पहल गर्दै आएको बताइन । उनले महिला माथी हुने घरेलु हिंसा अन्त्यका लागि कानुन निर्माणमा सक्रियता बढाउन अझै आबश्यक रहेको छ ।

उनले समाजको चेतना परिवर्तन गर्न सकेमा घरबाटै घरेलु हिंसाको अन्त्य गर्न सकिने जिकिर गरिन् । घरेलु हिंसाको अन्त्यको लागि महिला मात्र नभएर समाजका सवै सदस्य एक हुनुपर्ने कुरामा जोड दिइन । महिला तथा किशोरीहरुले आफूले भोगिरहेको हिंसा र त्यसले आफूलाई पारेको मनोवैज्ञानिक प्रभावको विषयमा सचेत हुन आबश्यक छ । बिश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम गरिरहदा ग्रमिण भेगका महिला अझै पनि बहुविवाह देखि श्रीमानको मदिरा सेवन यातन लगायतका कारणले धेरै हिंसा भोग्न बाध्य छन ।

सम्बन्धित समाचार