जुम्ला एमबिबिएस कार्यक्रम ,राष्ट्रपति भण्डारीले उद्धघाटन् गर्ने


जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यहि १९ गतेबाट सुरु गरेका एमबीबीएसलगायतका कार्यक्रमको उद्धघाटन गर्न राष्ट्रपति विद्यादेवि भण्डारी जुम्ला आउन लाग्नु भएको छ । यहि मंसिर २६ गतेका दिन राष्ट्रपति भण्डारीले विधिबतरुपमा एमबीबीएसलगायतका कार्यक्रमको उद्धघाटन गर्नु हुने भएको हो । प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले राष्ट्रपति जुम्ला आउने कार्यक्रम फिक्स भइ सकेको बताए । मबिबिएस र प्रीतष्ठानका अन्य कार्यक्रम राष्ट्रपतिको हातबाट उद्घाटन हुने भएको छ ।

एमबिबिएस पढ्न आउने विद्यार्थीलाई आईतबार देखी परिचयात्मक कार्यक्रम भएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले भने राष्ट्रपतिको हातबाट एमबिबिस लगायतका ब्याचुलर लेभलका कार्यक्रम उद्घघाटन गराएपछि नियमित रुपमा पढाई सुरु हुने छ ।

पहिले रोगी पठाउने जुम्लाले अहिले डाक्टर उत्पादनका लागी एमबिबिएस औपचारिक रुपमासुरु गर्न लागेको छ । अब कर्णालीको जुम्लालाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र ब्याचुलर लेभलका कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन सपना पुरा हुदै छ ।

 

सम्बन्धित समाचार