सुर्खेतमा बहुविवाह मुद्दामा फरार महिला पक्राउ

सुर्खेत – सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ ।

बराहताल गाउँपालिका–१०को  ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशले एक हजारसहित एक वर्ष छ महिना कैद सजाय सुनाएपछि उनी  फरार थिइन् । पक्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।


error: Alert: Content is protected !!