जुम्लामा सवारी दुर्घटना हुँदा तीनजना घाइते

खलंगा : जुम्ला सिँजा गाँउपालिका २ घोडेङ्गा स्थित नाग्मा मुगु सकड खण्डमा सवारी दुर्घटना भएको छ ।  नेपालगंजबाट मुगुतर्फ जाँदै गरेको प्रधानमन्त्री आधुनिक परियोजना सिमिजोन मुगुको बा २ झ १९३१ नम्वरको सवारी जीप दुर्घटनामा परेको हो ।

जीप सकडबाट अन्दाजी १०० मिटर तल खस्न जाँदा जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका १ वस्ने वर्ष ४२ को तेज बिक्रम मल्ल (कार्यालय प्रमुख) अवस्था सामान्य, उक्त ठाउँमा ४ भामवाडा वस्ने वर्ष २२ को सुनिल रोकाया (चालक) अवस्था गम्भिर, ४ वस्ने वर्ष २२ को देबेन्द्र रोकाया अवस्था सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घटनास्थलतर्फ प्रहरी चौकी बढ्की जुम्लाबाट ३ जना र प्रहरी चौकी नराकोटबाट ५ जनाको प्रहरी टोली खटेर घाइतेको उद्धार गरेको छ । घाइतेृले उद्धार गरेर उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याएको प्रहरीले जनाएको छ । दुर्घटना विहिबार दिउँसो करिब १२ बजे भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।