जुम्लाकाे काँग्रेस महाधिवेशन प्रतिनिधि मतगणना सकियाे 

 कांग्रेस जुम्लाको महाधिवेशन प्रतिनिधिको पनि मत गणना सकिएको छ ।
महाधिवेशन प्रतिनिधिको लागि गत मंंशिर ६ गते सम्पन्न भएको निर्वाचनमा मत गणना सकिएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार महाधिवेशन प्रतिनिधिमा बिजयी हुनेमा खुला तर्फ १० जना मध्य देवेन्द्रबहादुर शाही (५०९),रााजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया ( ४८१) , दिनवन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत (४५१) कर्णजंग हमाल (४४१), गोविन्दबहादुर शाही (४३९), गौरीनन्द आचार्य ( ४३८), दिलबहादुर महत (४३८) र लंकबहादुर शाही ( ४३४) बिजयी भएका छन् ।

महिला प्रतिनिधिमा – कान्तिका सेजुवाल (५१२), भगवति श्रेष्ठ (४८१), पुन्नकली महतारा (४४७) र गिता शाही (४४६) मत प्राप्त गरेर बिजयी भएका छन् ।
खस आर्यमा ललितजंग शाही (५१५), जयहरी आचार्य (५००), पदमबहादुर शाही (४७०), लक्ष्मि प्रसाद उपाध्याय (४१२) मत ल्याई बिजयी भएका छन् ।

खस आर्य महिलामा रामदेवी खड्का (४७३), उर्मिला खत्रि भण्डारीले (४५०), उमा बुढा रावत (४२३), दिलकुमारी हमाल (४२२) बिजयी भएका छन् ।
यसैगरी दलित पुरुष केन्द्रीय प्रतिनिधि श्री कृष्ण कामी (४६९), दलित महिला प्रतिनिधिमा लक्ष्मी कामी (४६३) र अपांगता प्रतिनिधिमा बिष्णुबहादुर शाही (४५७) ले मत प्राप्त गरेका छन् ।

देउवा प्यानलका नेताहरु सेफ ल्याण्डिङ :
कांग्रेस जुम्लामा पौडेल पक्षको बर्चस्व भएपनि मतदानमा पुराना र चर्चित नेताहरु प्राय बिजय भएका छन् । संस्थापन पक्षका प्रतिनिधिसभा सदस्य ललितजंग शाही, चन्दननाथ नगरपालिकामा नगरप्रमुख कान्तिका सेजुवाल, गोविन्दबहादुर शाही, लंकबहादुर शाही, गौरिनन्द आचार्य, पदमबहादुर शाही, बिष्णु बहादुर शाहीले बिजय प्राप्त गरेका छन् । संविधानसभा सदस्य ललितजंग शाहीले सवैभन्दा बढी ५१५ मत , मेयर कान्तिका सेजुवाल ५१२ मत , प्रतिनिधिसभा प्रत्यासी नेता देवेन्द्रबहादुर शाहीले (५०९) मत प्राप्त गर्नु भएको हो । यद्यपी प्यानल कमजोर भएको भन्दै सेफ ल्याण्डिङ हुन् नेता ललितजंग शाही र कान्तिका सेजुवाल क्रमश खस आर्य र महिला प्रतिनिधिको सिटमा उम्मेदवारी दिदै मैदानमा उत्रिएका थिए ।

नेताहरू पूर्वमन्त्री भक्तबहादुर रोकाया ( ४८१) , दिनवन्धु श्रेष्ठ (४७९) मत प्राप्त गर्नु भएको हो ।

कार्यसमितिमा पुरै प्यानल आउदा सभापति कर्णबहादुर शाहीलाई पनि यस पटक देउवा प्यानलले जिताउन सफल भएको छ । महाधिवेशन प्रतिनिधिमा अपांगता तथा अल्पसंख्यक कोटामा रामचन्द्र पौडेल प्यानलका रामकृष्ण न्यौपानले निर्विरोध निर्वाचित भईसकेका छन् ।

सम्बन्धित समाचार